काठमाडौं । दोस्रो पटक भएको स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ ।
दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि वैकल्पिक राजनीतिको बहस फेरि चर्चामा आएको हो ।
देशको सङ्घीय राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक छन् । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको पनि जित घोषणा हुन मात्र बाँकी छ ।
धरान उपमहानरपालिकामा त स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले निर्वाचित भइसके । अन्य स्थानीय तहमा पनि स्वतन्त्र उम्मेदवार धेरै ठाउँमा निर्वाचित भइसकेका छन् । यी परिदृश्यपछि जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेकोमा जोड दिएका छन् ।
हुन त उनी वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै २०७२ मा संविधान बनेपछि माओवादीबाट अगल भएका थिए । अलग भएर नयाँ शक्ति स्थापना गरे । तर, २०७४ को सङ्घीय संसद्को अधिवेशनमा उनको पार्टीबाट जित्ने उनी एक्ला भए । त्यो पनि तालमेलमा मात्र उनको जित सम्भव भएको हो ।
निर्वाचनको परिणामले गलेका उनले त्यसपछि वैकल्पिक शक्ति भन्न त छाडेनन् तर उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमसँग एकीकरण गर्दै हाल जसपामा आइपुगेका हुन् ।
गृहजिल्ला गोरखाको ११ स्थानीय तहमा मात्र नभई गण्डकी प्रदेशभर नै एउटा सिट जिताउन नसकेका भट्टराईले ट्वीटरमार्फत ३० वैशाखमा भएको निर्वाचन परिणामले वैकल्पिक शक्ति आवश्यकता पुष्टि भएको बताएका छन् ।
उनले भनेका छन्, ‘चुनावका दूरगामी संकेतहरू ः पूर्वको धरानदेखि काठमाडौं हुँदै सुदूर पश्चिमको धनगढीसम्म स्थापित दलका टाउकामाथि बज्रिएका लौरोहरू थुनिएका थारू विद्रोहका नायक रेशम चौधरीको दल थारू बाहुल्य कैलालीमा अग्रपंक्तिमा १ अधिकांश ठाउँमा पुराना अनुहारको हार र नयाँको जित १ यो विकल्पको खोजी नभए के हो ?’
भट्टराई मात्र होइन, पूर्व पत्रकारसमेत रहेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि वैकल्पिक शक्ति आवश्यक रहेकोमा जोड दिन्छन् ।
२०७४ मा भएको निर्वाचनबाट केही प्रदेशमा समानुपातिक सिटसम्म प्राप्त गर्न सकेका मिश्रको पार्टीले यस पटक मधेस प्रदेशको एक स्थानीय तहबाहेक कहीँ पनि निर्वाचन जित्न सकेन ।
सर्वत्र हारपछि पार्टीमा निरन्तर खटिने मान्छे नभएको र आर्थिक स्रोत नभएका कारण निर्वाचनमा दुःखद् परिणाम आएको पार्टी प्रवक्ता शरदराज पाठकले बताइसकेका छन् । वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्ने यी दुई नेता मात्र होइनन्, हिन्दुवादी नेता कमल थापा पनि यसकै पक्षमा छन् ।
तर, उनको पार्टीले देशभरको ७५३ मध्ये एउटा पनि स्थानीय तहमा निर्वाचन जित्न सकेन । हारैहार भएपछि उनी चुपचाप छन् । प्रा.डा. लोकराज बराल दलहरूले उम्मेदवार छनोट गर्दा नाताका र कृपा गर्नेलाई दिएपछि जनता आक्रोशित भएको र त्यसको परिणाम स्वतन्त्र उम्मेदवारको जित भएको बताउँछन् ।
स्वतन्त्र उम्मेदवारहरूको जितलाई उनी वैकल्पिक राजनीतिसँग तुलना गर्दैनन् । उनले भनेका छन्, ‘पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको काम गर्ने शैली पनि सन्तोषजनक छैन । उम्मेदवार छान्दा पनि नाताका र कृपा गर्नेलाई छान्ने गरेको देखिन्छ । त्यसविरुद्धको जनमत स्वतन्त्र उम्मेदवारलाई प्रकट भएको हो । यसलाई वैकल्पिक राजनीति भन्नेसँग तुलना गर्न हुँदैन ।’
स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई पछि पार्दै जित हात पार्नु स्वतन्त्र उम्मेदवारका लागि सहज होइन । तर, दलमा आबद्ध नै नभई स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचन लडेर ठाउँठाउँमा स्वतन्त्र उम्मेदवारले जितेपछि वैकल्पिक राजनीतिको बहस पनि चर्चामा आएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend