Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुलरिया नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी


    बुधबार, जेष्ठ ४ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सवित्रा गौतम निर्वाचित भएका हुन् ।

    नगरप्रमुखमा निर्वाचित गौतमले ७ हजार ९८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाए । नगरप्रमुखका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका गेहेन्द्र प्रसाद ढकालले ५ हजार १०, जनमत पार्टीका मंगरे गोडियाले ३ हजार ४७५, राप्रपाका सुजित राय श्रीवास्तवले १ हजार ५८३ र जसपाका सुधाकर मिश्रले १ हजार ४२४ मत पाएका छन् ।

    गुलरिया नगरपालिकाको उपप्रमुख पदमा नेपाली कांग्रेसकी सावित्रा गौतम ८ हजार २०७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी टिका कुमारी समसेली मगरले ७ हजार ४६२ मत पाइन् ।

    माओवादी केन्द्रकी इन्दिरा सुवेदीले ३ हजार ९३९, जनमत पार्टीकी मिना यादवले २ हजार ९५३, जसपाकी सुमित्रा चौधरीले १ हजार ६९६ र राप्रपाकी रमा थापाले १ हजार ३६७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार