Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • गोरखाको चुमनुब्रीमा एमालेले बिरोध गरेपछि अझै सुरु भएन मतगणना


    आइतबार, जेष्ठ १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अश्विन दानी 

    गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एमालेले बिरोध गरेपछि अझै पनि मतगणना सुरु हुन सकेको छैन । मतगणना भन्दा पहिले सर्वदलीय बैठक बस्नु अघि निर्वाचन अधिकृतले माओवादी र कांग्रेसँग मात्रै छलफल गरेको भन्दै एमालेले बिरोध गरेपछि मतगणना सुरु हुन नसकेको हो ।

    ‘सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भन्ने थियो । तर, बैठक बस्नु अघि अधिकृतले एमालेलाई छाडेर कांग्रेस, माओवादीसँग मात्रै छलफलमा बसे । अनि हामीले बिरोध गयौँ । त्यसपछि सर्वदलीय बैठकपनि बस्न सकेको छैन’, एमालेका पालिका अध्यक्ष सुक बहादुर गुरुङले भने । 

    आज साँझ करिब ८ बजेदेखि गाउँपालिकाको केन्द्र फिलिममा मतगणना सुरु गर्ने तयारी थियो । तर, सात बजेतीर अधिकृत नानीबाबु पोखरेलले एमालेलाई वाहेस गरेर छलफलमा बसेको भन्दै बिरोध सुरु भएको छ । 

    निर्वाचन अधिकृत नानीबाबु पोखरेल भने एमालेका प्रतिनिधीको बुझाई गलत भएको बताउँछन् । 

    उनले भने, ‘सर्वदलीय बैठकबस्नु अघि अर्कै बिषयमा दुई दलहरुसँग छलफल गरेका थियौँ । उहाँहरुको बुझाई गलत भयो । सर्वदलीय बैठकमा सबै दलहरुलाई बोलाईन्छ’, अधिकृत पोखरेलले भने ।

    अहिले प्राबिधिक कुराहरु मिलाईरहेको बताउँदै सबै ब्यबस्थापन सकेपछि मतगणना सुरु गर्ने उनले बताए ।  भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका संकलन गरिएको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार