सुनसरी । सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा कडा प्रतिस्पर्धा देखिएको छ । यता उपमेयरमा कांग्रेस अगाडी देखिएको छ।
यो समाचार तयार पार्दासम्म नेकपा एमालेबाट मेयरका उम्मेदवार विनयकुमार पोखरेलले २ हजार ५२ मत ल्याएर अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वेदनारायण गच्छदारले १९ सय ४८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार मेनुका पोखरेल खतिवडाले १८ सय २६ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टी र नेकपा एमालेबाट गठबन्धन गरेका जसपाबाट उपमेयरका उम्मेदवार सरोज कुमार सिंहले ८ सय २९ मत प्राप्त गरेका छन् ।
यसैगरि जनमत पार्टीबाट मेयरका उम्मेदवारले १ सय ४७ मत प्राप्त गरेका छन् । राप्रपाबाट मेयरका उम्मेदवारले ७७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवारले ४४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्रबाट मेयरका उम्मेदवारहरूले क्रमशः ३२ र १९ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाबाट उपमेयरका उम्मेदवारले १ सय ६० मत प्राप्त गरेका छन् । लोसपाबाट उपमेयरका उम्मेदवारले ७० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले ५४ मत प्राप्त गरेका छन् । अहिले दुहबी वडा नम्बर २, ३ र १२ को मतगणना भइरहेको छ ।
अहिलेसम्म दुहबी वडा नम्बर १ बाट नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार अजुल हुसैन ९ सय २९ मतसहित वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जाकिर मियाँले ८ सय १३ मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट अजुल हुसैन दुहबी वडा नम्बर १ मा ५ सय ४८ मत सहित वडाध्यक्षमा विजयी भएका थिए ।
२०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अरविन्द विश्वासले दुहबी वडा नम्बर २ मा २ सय ८३ मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारमा दुहबी २ नम्बर वडामा ४ सय ६३ मत सहित अग्र स्थानमा छन् ।
२०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट माधव भण्डारीले दुहबी वडा नम्बर ३ मा ५ सय ४० मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेकपा एमालेबाटै ३ नम्बर वडामा ३ सय ८८ मत सहित अग्र स्थानमा छन् । २०७४ सालको स्थानीय चुनावमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा खुसीलाल चौधरीले दुहबी वडा नम्बर १२ मा ९ सय ९० मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट १२ नम्बर वडामा २ सय ७६ मत सहित दोस्रो स्थानमा छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend