सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको दुई वडामा नेपाली कांग्रेसका उमेद्वार प्यानलसहित विजयी भएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर ३ र ४ मा नेपाली कांगेसका उमेद्वार विजयी भएका हुन् । लालबन्दी नगरपालिका–३, मा नेपाली कांग्रेसका उमेद्वार बुद्ध देव चौधरी ४९७ मत सहित विजयी भएका हुन् । उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार योगेन्द्र चौधरीले ४७१ मतमात्र पाएर पराजित भए ।
यस्तै लालबन्दी नगरपालिका–४, नम्बर वडामा पनि नेपाली कांग्रेसका उमेद्वार सत्य नारायण चौधरी ७८३ मत सहित विजयी भएका हुन् । उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार विजय प्रसाद घिमिरे ६७१ मत प्राप्त गरी पराजित भए ।
यस्तै लालबन्दी नगरपालिकामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । मेयरका उमेद्वारमा कांग्रेसका बाशुदेव अधिकारी १८३२ मत सहित अग्र स्थानमा छन् । भने, १३६७ मत सहित दोस्रो स्थानमा माओवादी केन्द्रका प्रलाद बुडाथोकी र नेकपा एमालेका गोविन्द बहादुर महत १३५० मत सहित तेस्रो स्थानमा छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend