भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नाे बर्चस्व कायम राख्ने स्थिति देखिएकाे छ । नेमकिपाले आफू कम्जाेर ठानेकाे भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मा पनि फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि नेतृत्व दाेहाेरिने सम्भावन देखिएकाे हाे ।
भक्तपुरमा १० वडा छन् । यीमध्ये वडा नम्बर १ र ३ नेमकिपाका लागि सबैभन्दा चुनाैतिपूर्ण थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका सम्पूर्ण दल एक भई नेमकिपालाई हराउँन गठबन्धन बनाएका थिए । तर, परिणामअनुसार नेमकिपा सबै राष्टिय पार्टीको संयुक्त गठबन्धनलाई फराकिलो मतअन्तरले पराजित गरी यी दुवै वडामा प्यानलसहित विजयी हासिल गरिसकेको छ ।
आइतबार बिहानसम्म भक्तपुर नगरपालिका वडा नम्बर १, २ र ३ को मत परिणाम आइरहेको छ । नेमकिपाको मेयर र उपमेयरले पाएको मत पनि निकै फराकिलो अन्तर छ । यस हिसाबले आंकलन गर्दा यसपटक पनि ‘क्लिन स्विप’ नै हुने स्थानीयकाे भनाइ छ ।
भक्तपुर नगरपालिकामा ७५ दशमलब ७१ प्रतिशत मत खसेको थियो । यहाँ ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो ।
यसअघिको निर्वाचनमा कुल ५२ हजार नौ सय ३० मतदातामध्ये नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार सात सय ३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार सात सय ११ मत ल्याएर विजयी भएका थिए । यो पटक पनि नेमकिपाबाट दुवै दोहरिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend