Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्दै सांस्कृतिक संघ


    शुक्रबार, बैशाख १६ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघले ‘चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति’ विषयक विचार गोष्ठी आयोजना गर्दै छ ।

    गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन् ।

    स्थानीय तह निर्वाचनको संघारमा संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्न लागेको हो ।

    संघका महामन्त्री शिवशंकर प्रसाद रिजालले गोष्ठीमै संघले तयार गरेको चुनावी गीत र प्रचारप्रसारको श्रब्यदृश्य सामग्रीसमेत सार्वजनिक गरिने जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार