Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्सिदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस


    शुक्रबार, बैशाख ९ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्‍वारकाे टु‌ंगाे लगाउन सकेका छैन ।

    निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनाेनयन दर्ता हुनेछ । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागवण्डा गरे पनि उम्मेद्‌वारकाे टुंगाे लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमाले १० वैशाख उम्मेद्‍वार टुंग्याउने घोषणा गरेको छ ।

    नेपाली कांग्रेसले मुख्यत: महानगर र उपमहानगरमा उम्मेद्‌वार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ ।

    नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाका लागि रेणु दाहाललाई दोहोर्‍याउने जनाइरहेका बेला नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले भने अझै निर्णय लिन सकेका छैनन् ।

    हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दबाब बढ्दै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार