Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डमाथि सूर्य थापाको कटाक्ष: तेल दिँदा नखाने, कोल चाट्ने !


    शुक्रबार, फाल्गुन १३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष हानेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका थापाले सामाजिक संजालमार्फत् प्रचण्डलाई कटाक्ष हानेका हुन्। 

    थापा तिनै व्यक्ति हुन् जसले प्रचण्डमाथि कटाक्ष प्रकट गर्दा पुत्र वियोगमा चिन्तित रहेका बेलाको फोटो समेत पोस्ट गरेर आलोचना गरेका थिए । थापाले पछि उक्त पोस्ट डिलिट गरेका थिए। 

    यसैबीच हिजो एमाले अध्यक्ष ओली र प्रचण्डबीच हिजो धेरै समयपछि वार्ता भयो। वार्तामा ओलीले प्रचण्डले आफूमाथि लगाएको ९ पृष्ठ लामाे आराेपपत्र फिर्ता लिए मिलेर अघि बढाैं भन्ने प्रस्ताव राखेका थिए। उसै बिषयमा थापाले कटाक्ष हानेका हुन्। त्यसो त थापा प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि कटाक्ष हान्न माहिर छन्। उनले कटाक्ष यतिसम्म हान्छन् कि उनैले बिर्सन्छन् आफू एक जिम्मेवार नेता समेत हो भनेर। 

    थापाले कटाक्षमा भनेका छन्, ‘अब त रिस र आवेगमा जनादेशविपरित सरकारबाट हटाउनु मेराे महाभूल थियाे भनेर शब्दमै सार्वजनिक स्विकाराेक्ति गर्न किन लजाउनुपराे र महाशय !’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार