काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ। क्यानले आगामी दुई वर्षका लागि आफ्ना प्रतियोगिताको टिकट बिक्री गर्ने विशेष अधिकारका लागि बोलपत्र आह्वान गरेको हो।
क्यानले नेपाल प्रिमियर लिग बाहेकका खेलहरूका लागि दुई वर्षको सम्झौता गर्न इच्छुक तथा योग्य कम्पनीले सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
क्यानले मंगलबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत टिकट बिक्री अधिकार प्रदान गर्न लागेको जनाएको छ।
इच्छुक बोलपत्रदाताले क्यानको मूलपानीस्थित कार्यालयबाट वा क्यानको आधिकारिक वेबसाइटमार्फत बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्। बोलपत्र कागजात प्राप्त गर्न १० हजार रुपैयाँ शुल्क तोकिएको छ। उक्त रकम फिर्ता नहुने सूचनामा उल्लेख छ। कागजात प्राप्त गर्ने अन्तिम मिति नोभेम्बर ३० सम्म तोकिएको छ। बोलपत्रदाताले डिसेम्बर १ तारिख दिउँसो १२ बजेसम्म क्यानको मूलपानीस्थित कार्यालयमा सिलबन्दी बोलपत्र बुझाइसक्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिने क्यानले जनाएको छ।
बोलपत्र पेश गर्ने कम्पनीले न्यूनतम १४ लाख रुपैयाँको धरौटी (बिड सेक्युरिटी) बुझाउनुपर्नेछ। बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म बोलपत्र मान्य रहनेछ। साथै धरौटीको अवधि बोलपत्रको मान्य अवधि सकिएको थप ३० दिनसम्म कायम हुनुपर्नेछ।
क्यानले बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म प्रस्ताव मान्य हुनुपर्ने व्यवस्था गरेको छ। बोलपत्रसम्बन्धी थप जानकारी क्यानको कार्यालय वा आधिकारिक वेबसाइटबाट लिन सकिनेछ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादमा काँग्रेस संलग्न नहुने बताएका छन् । मंगलबार सुरु भएको पार्टीको केन्द्रीय...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने...
काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूसहित तीन जनाको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र...
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिइएको छ । सर्वोच्च अदालतका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend