Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा


    सोमबार, मंसिर ८ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

    भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीलाई नेपाल आउन आमन्त्रण गरेका हुन्।

    दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा शाहले भारतीय समकक्षीसमक्ष भ्रमणको निमन्त्रणा राखेका हुन्। मोदीको प्रस्तावित नेपाल भ्रमणको मिति तथा कार्यक्रमबारे भने खुलाइएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार