काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशी बाढी प्रभावितलाई राहत र पुनर्निर्माणका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिने घोषणा गरेका छन्।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेनशाह र भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीबीच भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धिमा भारतले निरन्तर साथ दिने बताएका हुन्।
उनले नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गरेका छन्। उनले नेपाली जनताहरू पुन: आफ्नो जीवनशैलीमा फर्कन सकुन् भन्ने कामनासमेत गरे।
उनले भने,’नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ गति प्रदान गर्न, हामी आज २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको ‘विकास सहयोग घोषणा गर्दछौं।’
यस सहयोग प्याकेजले बाढीका कारण क्षतिग्रस्त बनेका भौतिक संरचनाहरूको पुनर्निर्माण, विपद् व्यवस्थापन तथा देशको समग्र आर्थिक र पूर्वाधार विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादमा काँग्रेस संलग्न नहुने बताएका छन् । मंगलबार सुरु भएको पार्टीको केन्द्रीय...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार ठेक्कामा दिने भएको छ।...
काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूसहित तीन जनाको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend