Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • प्रधानमन्त्री बालेनले गरे महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण


    सोमबार, मंसिर ८ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्। आज बिहान राजघाटस्थित गान्धीको समाधीस्थल पुगी प्रधानमन्त्री बालेनले पुष्पहार अर्पण गरेका हुन्।

    प्रधानमन्त्रीबालेनले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गरे। उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गरे। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री बालेन भारत भ्रमणमा गएका हुन्।

    समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री बालेन र उनका भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्न हैद्रबाद पुगेका छन्। भेटमा केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्री बालेनले सम्बोधन गर्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार