Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर


    सोमबार, मंसिर ८ २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ अर्पण गरेर सम्मान गरेको छ। दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनलाई भारतको राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’अर्पण गरेर सम्मान गरिएको हो।

    भारतीय सेनाले दिएको ‘गार्ड अफ अनर’को अवलोकन गरेपछि प्रधानमन्त्री बालेनलाई भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए। समारोहमा नेपाल र भारतका उच्चअधिकारीहरु सहभागी थिए।

    ‘गार्ड अफ अनर’ लिएपछि प्रधानमन्त्री बालेन महात्मा गान्धीको समाधीस्थल राजघाटतर्फ प्रस्थान गर्ने कार्यतालिका छ।

    काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नुअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बालेनले नेपाली सेनाबाट सम्मान गारत ‘गार्ड अफ अनर’ लिएका थिएनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार