Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • आइरन चक्की खरिद र १ अर्बको ठेक्का प्रकरण : स्वास्थ्य बिभागका डीजी र ब्यवस्थापनका निर्देशक फेर्ने तयारी


    सोमबार, मंसिर ८ २०८३
    2.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहता मिडियामा तथ्यसहित समाचार आएपछि स्वास्थ्य सेवा बिभागका निर्देशक डा. कृष्णप्रसाद पौडेल र ब्यवस्थापन महाशाखाका निर्देशक डा. वीरेन्द्र मण्डलको विकल्प खोज्नुपर्ने बाध्यतामा पुगेकी छन् ।

    स्रोतका अनुसार २ बर्षअघिको आइरन चक्की खरिदमा भएको अनियमितता र हालसालै गरिएको १ अर्ब रुपैयाँ बराबरको बोलपत्रमा स्पेक लक भएको बिषय सार्वजनिक भएपछि महानिर्देशक पौडेल र निर्देशक मण्डललाई उक्त जिम्मेवारीबाट हटाउनैपर्ने बाध्यता मन्त्री मेहतासामु आएको छ ।

    ब्यवस्थापन महाशाखाका निर्देशम डा. मण्डलले हालै भएको करिब १ अर्ब रुपैयाँको टेण्डरमा ४० करोडको सीआर र डीआर मेसिन लक भएकाले छानबिन गर्न माग गर्दै ३ वटा कम्पनीले स्वास्थ्य सेवा बिभागमा उजुरी दिएका छन् । करिब २०–२५ करोडको अल्ट्रासाउन्डमा स्पेक लक भएको उजुरी दिएका छन् ।

    ल्याबको मेसिनमा पनि २ वटा फर्मले उजुरी दर्ता गराएपछि प्रधानमन्त्री कार्यालयले नै चासो राखेको छ । प्रधानमन्त्री कार्यालयले नै खोजीनिधि गरेपछि मन्त्री मेहता दुबैजनालाई जिम्मेवारीबाट सरुवा गर्ने र नयाँ पात्र ल्याउने गृहकार्यमा जुटेको मन्त्रालय स्रोतले बताएको छ ।

    प्रधानमन्त्री कार्यालयले बर्षौदेखि स्वास्थ्य मन्त्रालयअन्तर्गतका केन्द्रीय अस्पतालदेखि प्रतिष्ठान र केन्द्रमा स्वास्थ्य सामग्री र उपकरण खरिदमा अरबौं रुपैयाँको सेटिङ गर्ने र राज्यको ढुकुटी दोहन गर्नेहरु कानुनी कठघरामा आउन सक्ने थिए । स्वास्थ्यमा ५ जना सप्लायर्सका परिवार र आफन्तका नाममा रहेका कम्पनीहरुले मात्र स्पेक लक गरी ठेक्कामा सेटिङ गरी अस्पतालको स्तरोन्नतिका लागि दातृसंस्थाले दिएको सहयोगदेखि देशको बजेट दोहन गर्दैआएको छ ।

    यी कम्पनीहरुले १ करोड मूल्यको उपकरणको ५ करोड रुपैयाँसम्म भुक्तानी लिएर देशको बजेट दोहन गर्दैआएका छन् । स्वास्थ्य क्षेत्रमा प्रतिस्पर्धा हुन नदिई सेटिङ गर्दै एकाधिकार कायम गरेको सप्लायर्सको सिन्डीकेट समूहले त्यही धनले बबरमहल र शंखमूलमा बुटिक होटल र आलिशान बंगला निर्माण गरेको बिषयमा पनि जेनजी बिद्रोहपछि आएको वालेन्द्र शाह सरकारले खोजी गर्नुपर्ने स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार