Nepal Face
  • बिहिबार, ४ मंसिर २०८३
  • जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त


    बिहिबार, मंसिर ४ २०८३
    30
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित स्थानीय तहका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज सूचना जारी गर्दै जसपाबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

    जसमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसहितका जनप्रतिनिधि पदमुक्त भएका हुन् । पदमुक्त हुने अन्य जनप्रतिनिधिहरूमा सिराहाको लहान गरपालिकाका उपमेयर रामचरित्तर महतो, खोटाङको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ र देशका विभिन्न जिल्लाका स्थानीय तहका ९ जना वडाध्यक्ष लगायत छन् ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरू दलबिहीन भएपछि पदमुक्त भएका निर्वाचन आयोगले जनाएको छ ।

    उनीहरूले गत फागनु २१ गतेको निर्वाचनमा पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरितको काम गरेको भन्दै जसपाले निर्वाचनमा आयोगमा उजुरी गरेपछि उनीहरू पदमुक्त भएका हुन् ।

    पदमुक्त भएका अधिकांश जनप्रतिनिधिले गत निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई पराजित गर्ने र रास्वपाका उम्मेदवारलाई जिताउने भूमिकामा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार