काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालका राष्ट्रिय हितसँग जोडिएका मुद्दालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन् ।
भारत भ्रमण दुई देशबीचको मित्रता प्रगाढ बनाउने वा सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेजस्ता अमूर्त उद्देश्यमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै रिजालले लामो समयदेखि थाँती रहेका द्विपक्षीय मुद्दाको समाधानमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
सामाजिक संजालमा रिजालले नेपाल र भारतबीचका पुराना समस्या तथा विवादित विषय समाधान गर्न सके मात्रै दुई देशबीचको सम्बन्ध वास्तविक अर्थमा थप सुदृढ हुने बताएका छन् ।
सबै मुद्दा एकैपटक समाधान नहुन सक्ने भए पनि नेपालले आफ्ना राष्ट्रिय हितका विषय वार्तामा उठाउन छाड्दा ती मुद्दा नै त्यागेको अर्थ लाग्न सक्ने उनको भनाइ छ ।
रिजालले प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा सम्बन्धित विज्ञहरूसँग परामर्श गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा व्यक्तिगत वा दलगत नभई सिंगो देशको प्रतिनिधित्व गर्ने भएकाले सबै दलको शुभेच्छा र सुझाव लिएर अघि बढ्दा सरकार कमजोर नभई थप बलियो हुने उनको तर्क छ ।
प्रधानमन्त्री शाहको कार्यशैलीमाथि टिप्पणी गर्दै रिजालले उनीमा सामान्य लोकतान्त्रिक चरित्र, सामूहिक भावना र संस्थागत कार्यशैलीको अभाव रहेको आरोपसमेत लगाएका छन् ।
एउटा राजनीतिक दलको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदासमेत के गर्ने र के नगर्ने भन्ने विषयमा सल्लाह तथा निर्देशन दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले देशका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भने राजनीतिक दल, पूर्वप्रधानमन्त्री र विज्ञहरूको सुझाव आवश्यक नठानिएको भन्दै प्रश्न उठाएका छन् ।
रिजालले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् र नेपालको राष्ट्रिय हितका पक्षमा उपलब्धिमूलक बनोस् भन्दै शुभकामनासमेत दिएका छन् ।
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन...
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल पुनः जिम्मेवारीमा फर्किएका छन् । कात्तिक १७ गतेदेखि बिदा बसेका उनी आज सर्वोच्च अदालत उपस्थित भएका हुन्...
काठमाडौँ । निवर्तमान प्रहरी महानिरीक्षक ९आईजी० दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ बुधबार गर्ने भएको छ । २० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend