Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विष्णु रिजालको टिप्पणी : माओवादीको ओरालो शृंखला रोकिनेवाला छैन


    शनिबार, कार्तिक १० २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृंखला नरोकिने बताएका छन् ।

    माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृंखला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्- 

    माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको ‘अनिश्चितकालीन आमहडताल’ पनि देखिएकै/भोगिएकै हो, ‘शहरी जनविद्रोह’ पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको ‘अदृश्य धाँधलीका विरुद्ध’को आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृंखला यहीँ रोकिनेवाला छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार