Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ११४ जना कायम, निर्वाचन कार्यतालिका सार्वजनिक


    मंगलबार, असोज २० २०८३
    150
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनमा भाग लिने महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लागेको छ । देशभरबाट कांग्रेसका ७ हजार ११४ जना प्रतिनिधि कायम भएका छन् ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिले सहभागिता जनाउने भएका हुन् ।
    समितिले देशभरका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रबाट आएका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

    महाधिवेशनमा प्रवासबाट समेत प्रतिनिधिहरू सहभागी छन् । अन्तिम मतदाता नामावली सार्वजनिक भएसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दिन इच्छुक नेताहरूलाई मनोनयन दर्ताको बाटो खुलेको छ ।

    कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ। निर्वाचन समितिका अनुसार आज दिउँसो साढे १२ बजेदेखि नयाँ केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता सुरु हुनेछ ।

    महाधिवेशनबाट सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ ।

    कांग्रेसको महाधिवशेन अन्तर्गत नयाँ नेतृत्वको लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार