काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई पठाउने गरिएकोमा त्यसमा पनि परराष्ट्रका कर्मचारीले नै दाबी गरेपछि लामो समयसम्म माथापच्ची चलिरह्यो ।
श्रम सहचारीमा पनि परराष्ट्र मन्त्रालयकै कर्मचारी पठाउनेगरी सङ्गठन तथा व्यवस्था सर्वेक्षण(ओएण्डएम सर्भे) गर्न खोजिएको थियो । डा. आरजु राणा देउवा परराष्ट्र मन्त्री हुँदा धेरै दरबन्दी थप गरिएको थियो । जसका कारण ओएण्डएम सर्भे स्वीकृत नभएपछि श्रम सहचारीसमेत परराष्ट्रकै कर्मचारीलाई पठाउने गरी मिलान गर्न खोजिएको थियो ।
परराष्ट्रका कर्मचारीलाई नै राजदूतदेखि श्रम सहचारीसम्म चाहिने भन्दै चर्को बिरोध भएपछि अन्ततः सामान्य प्रशासन समूहकै पठाउने गरी ओएण्डएम स्वीकृत भएको छ ।
परराष्ट्रका कर्मचारीको श्रम सहचारी हुने चाहनामा ब्रेक लागेपछि युवा, श्रम, रोजगार मन्त्रालयका कर्मचारीहरुले श्रम सहचारी हुने मौका पाउने भएका छन् ।
एक बर्षपछि केही देशका श्रम सहचारी रिक्त हुने भएपछि अहिलेदेखि नै पहुँचवाला र अकूत कमाएका कर्मचारीहरुले चलखेल सुरु गरेका छन् । त्यसका लागि भूमिब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नै प्रभावमा पारी श्रम मन्त्रालयका निमुखा र इमान्दार कर्मचारीलाई सरुवा गराउन थालेका छन् ।
केही शाखा अधिकृतहरुले आगामी बर्ष श्रम सहचारी हुनका लागि श्रम मन्त्रालयका निमुखा कर्मचारीहरुलाई धमाधम सरुवा गराएका छन् । मन्त्री रावलका निकट बिचौलियाहरुसँग सेटिङ गरी उनीहरुले अर्को बर्ष श्रम सहचारीमा प्रतिस्पर्धामा भाग लिनबाटै बन्चित गर्ने र आफू निश्चित हुनका लागि अहिलेदेखि नै चलखेल सुरु गरेका हुन् ।
श्रम सहचारीका लागि श्रम मन्त्रालयमा ४ बर्ष कार्यरत रहेको हुनुपर्ने लगायतका मापदण्डहरु छन् । त्योे मापदण्ड पूरा गरेका चलखेल नगर्ने शाखा अधिकृतहरु त्यो अवसर पाइन्छ भन्ने आशामा थिए । तर पहुँचवाला केही अधिकृतले उनीहरुलाई सामान्य प्रशासन मन्त्री रावलको सचिवालयका कर्मचारीसँग सेटिङ गरी धमाधम सरुवा गराउन थालेका छन् । सुशासन कायम गर्ने, नियुक्ति र सरुवामा पारदर्शीता अपनाउने बाचापत्रसहित चुनावमा जितेर आएको रास्वपाकी मन्त्री रावलमाथि श्रम मन्त्रालयका पहुँचवाला कर्मचारीको प्रभावा परी निमुखा र सुशासनका पक्षपाती कर्मचारीलाई श्रम सहचारीमा प्रतिस्पर्धा गर्नबाट बन्चित गर्न सरुवा गरेको आरोप छ ।
कांग्रेस, एमाले, माओवादी शासनमा पनि सधैं आकर्षक कार्यालयमा बस्न सफल यिनीहरु नै रास्वपा सरकारमा पनि श्रम मन्त्रालयमा हावी देखिएका छन् । र, लामो समय काम गरेका इमान्दार कर्मचारीलाई निकालाबास गरी श्रम सहचारीमा सुरक्षित रुपमा नियुक्ति हुने दाउमा लागेका छन् । श्रम सहचारी श्रम मन्त्रालयको आकर्षक पद हो । विगतमा पनि पहुँच र पैसाका बलमा श्रम सहचारी भएका थिए, आज पनि त्यही प्रबृत्ति दोहोर्याउने काम रास्वपा सरकारकै मन्त्रीबाट भइरहेको छ ।
श्रम मन्त्रालयका अधिकृतहरु प्रदीप ढकाल, बिक्रम शर्मा, देबेन्द्र केसी, युवराज अचार्य, पुष्पाकुमारी झा, शान्ति पौडेलसहितका अधिकृतले आफू श्रम सहचारी हुनका लागि अन्य कर्मचारीहरुको सरुवा गराउन भूमिका खेलेको आरोप छ । यीमध्ये कतिपय बैदेशिक रोजगार बिभागमा पटक पटक आकर्षक शाखामा बसी आकर्षकै कमाउनेमा पर्दछन् ।
श्रम सहचारी नियुक्तिमा बिधि र मापदण्ड बनाउने, सबैभन्दा बढी समय श्रम मन्त्रालयमा काम गर्नेलार्ई मौका दिन सकिन्छ । तर निमुखा र इमान्दार कर्मचारीलाई सरुवा गरेर सधैं तर मारेका एकथरी पहुँचवालालाई मात्र एक बर्षपछि श्रम सहचारी बनाउने गरी सामान्य प्रशासन मन्त्रालयबाटै भएको गुनासो हेल्लो सरकार र प्रधानमन्त्री कार्यालयमा सम्म पुगेको छ ।
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोक्का(कल्याण)लाई नियुक्ति गरेपछि एमालेभित्र चर्को असन्तुष्टि पैदा भएको छ...
काठमाडौं । सरकारले नागरिकहरुलाई निशुल्क रुपमा प्रदान गर्ने ९८ प्रकारका औषधीमध्ये आइरन चक्कीलगायतका कतिपय औषधि स्थानीय निकायले नै खरिद गरी बितरण गर्ने ब्यवस्था छ...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको संघीय निजामती सेवा विधेयक संसदमा पुगेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend