काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबर नोट नष्ट गरेको छ । गत आर्थिक वर्ष केन्द्रीय बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोट नष्ट गरेको हो ।
२०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले यस बैंकमा जम्मा गर्नरसट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट धुल्याइ ब्रिकेट बनाएको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड बराबरका नोट चलनचल्तीमा रहेकोमा २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशत वृद्धि भई ८ खर्ब ७ अर्ब बराबर नोट चलनचल्तीमा छन् ।
बैंक नोटको सुरक्षण विशेषता तथा नोटमा प्रयोग हुने प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय स्तर अनुसार अद्यावधिकरपरिमार्जित गर्दै बैंकनोटलाई थप सुरक्षित तथा गुणस्तरीय बनाउँदै लगिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
गत आव ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौता बमोजिम आपूर्ति भई केन्द्रीय बैंकको ढुकुटीमा राखिएका छन् । त्यसैगरी १० रुपैयाँ दरका ३४ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता बमोजिम पहिलो लट र दोस्रो लटअन्तर्गत २३ करोड थान ढुकुटीमा सुरक्षित राखिएको छ ।
केन्द्रीय बैंकका अनुसार गत आव १०० रुपैयाँ दरको ३० करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौता बमोजिम पहिलो लट र दोस्रो लटअन्तर्गत २१ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको छ ।
त्यसैगरी ५०० रुपैयाँ दरको २३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि भएको करार सम्झौता बमोजिम पहिलो लटमा १२ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको छ ।
त्यसैगरी गत आव ५० दरको ४२ करोड थान र १००० दरको ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता भएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८३ असार मसान्तमा विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार बराबर नयाँ नोट मौज्दात केन्द्रीय बैंकसँग छ । अघिल्लो वर्ष यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ। आज बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश...
काठमाडौँ । धरानको बराह सहकारीको रकम हिनामिना प्रकरणमा शिवकुमार विश्वकर्मा (लामिछान) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको गृहमन्त्री...
काठमाडौं। निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा बहस सकिएको हो। दुवै पक्षका कानुन व्यवसायीको...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री बालेनले...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति कटाक्ष गरेका छन् । उनले रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend