काठमाडौ । दशैं नजिकिँदै गइरहेको बेला देशभरी मुख्यमुख्य सडक अवरुद्ध भएका छन् तर सडक विभागका महानिर्देशक डा. बिजय जैशी भने अबरुद्ध भएका सडक खुलाउन भन्दा पनि विभागीय मन्त्रीलाई खुशी गराउन र सेटिङमै व्यस्त भएका छन् ।
कृष्णभीरमा पहिरो आउनुअघि नै त्रिशुली नदीको बहावले सडकतिरको भाग खियाउन सुरु गरिसकेको थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले कृष्णभीरमा झनै क्षति पुर्याइसकेको थियो । यसबारेमा सडकका इन्जिनियरहरुले जैशीलाई समयमै अवगत गराइसकेका थिए । तर यसतर्फ जैशीले चासो राख्ने र रोकथामको कुनै तत्परता लिन आवश्यक ठानेनन्् । उनी चुपचाप बसे ।
भदौ १४ गते कृष्णभीरमा पहिरो गयो । २ हप्ताभन्दा बढी समय नेपालकै लाइफलाइन मानिने नागढुंगा–मुगलिङ सडक ठप्प भयो । राजधानीमा उपभोग्य सामानको अभाव भयो । अहिले पनि बेला बेलामा कृष्णभीरमा पहिरो गइरहन्छ र बाटो बन्द हुने गर्छ । सडक बिभागका एक इञ्जिनियर भन्छन्–पहिले नै कृष्णभीरमा पहिरो रोकथाम गरेको भए यो समस्या आउने थिएन । खर्च पनि निकै कम हुने थियो ।
कृष्णभीरमा बाटो खुलेको केही दिनमै फेरि पहिरो गयो । फेरि बाटो बनाउनुपर्यो । र, राज्यको खर्च बढ्यो । सम्भावित जोखिमको पहिले नै ध्यान दिएर ममर्त गर्न जैशीलाई चासो भएन ।
बाटो मर्मत गर्ने र राज्यको बजेट खर्च गर्ने नाममा जैशीले आँखा चिम्लिए र यो समस्या आयो—ती इन्जिनियर भन्छन् । उनका अनुसार यस्तो अवस्था कृष्णभीरमा मात्र होइन, ठाउँ ठाउँमा छ । ६ महिनाअघि नै कालीगण्डकी कोरिडोर अन्तर्गत मालढुंगा पुल भत्कन लागिसकेको थियो । जसोतसो काम चलिरहेको थियो । यसबारेमा जैशीलाई ६ महिनाअघि नै जानकारी गराइएको थियो । त्यतिबेला उनले चासो देखाएनन् ।
अहिले उक्त पुल पूरै भत्किएको छ । जसका कारण कोरला नाका ठप्प छ । दशैंको बेला चीनसँग जोडिने सबै नाका बन्द भएका छन् । कोरला नाकासमेत बन्द भएपछि उपभोग्य सामान काठमाडौं भित्रिन सकेको छैन । तातोपानी नाका चीनले नखोलेको र भोटेकोशी बाढीको बितण्डापछि कोरला नाकाबाट सामान भित्र्याउने आशामा रहेका व्यापारीहरु ठूलो मारमा परेका छन् । काठमाडौं ल्याउन लागेका सामान नाकामै रोकिएका छन् । आवातजावात बन्द भएको छ । देशको अर्थतन्त्रमै धक्का लागेको छ । तातोपानीसँग जोड्ने सडकको हालत पनि उस्तै छ ।

कर्णाली प्रदेशमा रहेका सडक झनै अस्तव्यस्त छन् । सानो पानी पर्नेवित्तिकै बीपी राजमार्ग बन्द हुने गर्छ । यतिबेला वीपी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले नर्कको यात्रा गर्नुपर्छ । यसतर्फ पनि जैशीलाई मतलब छैन । अझै स्मरणीय कुरा के छ भने, यसअघि राज्यको लाखौं रुपैयाँ खर्च गरेर जैशीले पूर्वाधार विकास मन्त्रालयलाई जुन जुन सडकको अवलोकन गर्न लगाए, अहिले ती ती सडक भत्किएका छन् र समयमा ममर्त हुनसकेका छैनन् ।
जताततै सडक अस्तब्यस्त भएको र कोरलाबाट दशैंका लागि सामान नै काठमाडौं आउन नसक्दा ब्यापारीहरु मारमा परेकोबारेमा सडक बिभागका महानिर्देशक डा. बिजय जैशीले भने–‘भोलि बेलुकासम्म सबै खेल्छ, अहिले पोखरे भन्ने ठाउँमा बन्द छ । पुलको एप्रोच बगाउनाले गर्दा बन्द भएको होे । कोरलाका सबै सामान भोलि बेलुकाबाट आइहाल्छन् ।’
सबै सडकहरु अस्तब्यस्त भएकोबारेमा महानिर्देशक जैशीको भनाइ छ–‘बीपी, कृष्णभीर र कान्ति लोकपथ सुचारु भइसकेकोक छ । त्रिभुवन राजपथ सुचारु नै छ । अब २ वटा राजमार्गमात्र खुल्न बाँकी छ । बेसीसहर–चामे र मालढुंगा–बेनी खुल्न बाँकी छ । मालढुंगा–बेनी भोलि बेलुकासम्म खुल्छ । बेसीसहर–चामे पर्सि बेलुकासम्म खुल्छ ।’
इन्जिनियरको भाषामा भत्किसकेको सडक मर्मत गर्नुभन्दा भत्कनु भन्द पहिले नै भत्कने संकेत पाएमा त्यसको ममर्त गरेमा धेरै गुणा खर्च जोगिन्छ र समय बच्छ । यात्रुहरुले दुःख पाउँदैनन् । तर जैशीलाई खर्च जोगाउनतिर होइन, खर्च बढाउनु छ, ताकि हरेक मर्मतमा उनको भागमा कमिसन आओस् । अहिले उनको ध्यान त्यसमै छ । हरेक मर्मतमा उनले कमिसन खोजिरहेका छन्—स्रोत भन्छ ।
जैशी पुल महाशाखामा हुँदा उनले डिजाइन गरेको पुलहरुमा अहिले धेरै पुल संकटमा परेका छन् । भोटेकोसी बाढीले भत्काएका पुलहरु मध्ये धेरैजसो पुल उनले नै डिजाइन गरेका थिए । एक इन्जिनियर भन्छन्–उनको पुल डिजाइन गर्ने सिद्धान्त नै त्रुटिपूर्ण छ । कम उचाइ र कम लम्बाई राखेर उनले डिजाइन गर्ने गर्छन् । जसबाट सानो बाढी आउँदा पनि पुल भत्कने गर्छ । कमला नदी, त्रियुगा नदीको पुल उनले डिजाइन गरेका थिए ।
काठमाडौं । थाइल्याण्डका एक चर्चित भिक्षुमाथि बौद्ध धर्मावलम्बीहरुबाट बौद्ध मन्दिरमा प्रदान गरिएको ८९ मिलियन भाट (२६ लाखभन्दा बढी अमेरिकी डलर) हिनामिनाको आरोपमा त्यहाँको प्रहरीले...
काठमाडौं । बिज्ञ सल्लाहकारले आफन्त र विषयभन्दा बाहिरका ब्यक्तिलाई चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्य नियुक्ति गर्दा स्वास्थ्य तथा खाद्य स्वच्छता...
काठमाडौं । एघारौं तहका प्रमुख रहने मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका निकायमा विगत ३ महिनादेखि सातौं तहका कर्मचारीका भरमा संचालित छन् । मधेश...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार मिटरब्याजीमाथि कडा कारबाहीमा उत्रिएको छ । सरकार एक्सनमा उत्रिन लागेपछि मिटरब्याजका नाइकेहरु एकपछि...
काठमाडौं । बाचापत्रमा बिचौलियामुक्त शासन गर्ने उल्लेख गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को शासनकालमा नियुक्ति, सरुवा र बढुवामा बिचौलियाहरु हावी हुन थालेका छन् । यसको उदाहरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend