माधव पौडेल
काठमाडौं । सडक बिभागका महानिर्देशक डा. बिजय जैशीका अनियमितताका तथ्य एकपछि अर्को खुल्दैछन् । डा. जैशी पुल महाशाखाको डीई हुँदा पुलको एक्चुअल वाटर वे घटाई इकोनोमिकल डिजाइन गरी ठेकेदारबाट रकम असुली गरेको खुलासा भएको छ ।
एक्चुअल वाटर वे घटाई इकोनोमिक डिजाइन गरेर ठेकोदारको हितमा काम गरेबापत एउटा पुल बराबर ठेकेदारबाट १५–२० लाख रुपैयाँसम्म घुस लिएको आरोप उनीमाथि लाग्दैआएको छ ।
जैशीको पालामा २ सयदेखि २ सय ५० वटा पुलको डिजाइन स्वीकृत गरिएको थियो । ती सबै पुलको डिजाइन कमला नदी, तादी खोला र त्रियुगा नदीको जस्तै कपीपेष्ट गरिएको स्रोत बताउँछ । कपीपेष्ट गरिएका त्रुटिपूर्ण डिजाइनका कारण कारण ती सबै पुल जोखिमपूर्ण अवस्थामा छन् । तादीखोलाको पुल बने पनि हालसम्म संचालन हुनसकेको छैन । उक्त पुलको गाइड बैंकमा समेत समस्या सृजना भई संचालन हुन नसकेको हो । खोलाको बीच भागमा मात्र पुल बनेको छ ।
डा.जैशी पुल महाशाखाको डीई हुँदा डिजाइन स्वीकृत गरिएका कमला, तादी र त्रियुगा पुलमा समस्या आइसकेको छ भने अरु धेरै पुल जोखिमपूर्ण भएको थाहा पाएता पनि भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले उनलाई भरपूर संरक्षण गरेका छन् । छानबिन गर्ने निकायमा समेत उनले डा. जैशीलाई जोगाउने जिम्मा लिएको स्रोत बताउँछ ।
सहसचिव हुँदा शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेकाले पनि उनले जोगाउने कुरामा जैशी ढुक्क भएका छन् । सचिव शर्माले मन्त्री घिसिङलाईसमेत अख्तियारमा आफ्नो राम्रो सम्बन्ध भएको भ्रम पार्दैआएका छन् ।

आर्थिक प्रलोभनमा त्रुटिपूर्ण डिजाइन स्वीकृत गर्नु अनियमितता मात्र होइन, अपराध नै हो । तर यस्तो हुँदा पनि उनलाई जोगाउन शर्मा लागिरहेको स्रोतको दाबी छ । अख्तियारले स्थानीय तहका एकाध लाख रुपैयाँ अनियमितताका घटनामा बढी ध्यान दिएको देखिन्छ । तर ठेकेदारसँग लाभ लिएर पुलको त्रुटिपूर्ण डिजाइन स्वीकृत गर्ने अधिकारीमाथि भने अहिलेसम्म छानबिनसम्म हुनसकेको छैन ।
बैदेशिक महाशाखाको प्रमुख हुँदा ठेक्कामा मिलेमतो
महानिर्देशक डा. जैशी सडक बिभागको बैदेशिक महाशाखाको प्रमुख हुँदा ३५ अर्ब रुपैयाँको ठेक्का लगाएका थिए । उक्त ठेक्काबाट १ प्रतिशतका दरले ३५ करोडभन्दा बढी कमिसन गोजीमा हाली मिलेमतोमा ठूला निर्माण ब्यवसायीलाई ठेक्का दिएका थिए ।
३५ अर्बको ठेक्काबाट असुलिएको कमिसनको भागबण्डा बुझाएर तीन वटा मन्त्रीको कार्यकालसम्म उनी बैदेशिक महाशाखा प्रमुखमा जरा गाडेर बस्न सफल भएका थिए । उनी रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, प्रकाश ज्वाला मन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा उनी बैदेशिक महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।
तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग समेत सेटिङ मिलाएर आफूभन्दा बरिष्ठ सहसचिव (सुई) उमेशबिन्दु श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा जगेडामा थन्क्याएर जैशी महानिर्देशक हुन सफल भएका थिए ।
बैदेशिक महाशाखा प्रमुखको मिलेमतोमा ठेक्का दिएको १५ करोड रुपैयाँ शक्तिकेन्द्रमा बुझाएर उनी महानिर्देशक भएको स्रोतको दाबी छ । बिष्णु पौडेलदेखि तत्कालीन भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई सेटिङ मिलाएर उनी महानिर्देशक हुन सफल भएका थिए । उनले देवेन्द्र दाहालका भतिजा मनोज दाहालमार्फत् नजरानाको ब्यवस्थापन गरेका थिए । देवेन्द्र दाहाल भौतिक मन्त्री हुँदा उनका भतिजा मनोजमार्फत् सेटिङ हुने गरेको थियो ।
त्यसो त कमला नदीको पुलको त्रुटिपूर्ण डिजाइन डा. जैशीले नै पेश गरेको तथ्य उजागर भइसकेको छ । अर्कै पुलको कपीपेष्ट गरिएको त्रुटिपूर्ण डिजाइन स्वीकृत गरिएका कारण २४ करोड भन्दा बढी खर्च भएको उक्त पुल भासिएको छ ।
१४ बर्षसम्म पुल निर्माण नहुँदा धनुषा र सिरहाका बासिन्दालाई ठूलो मर्का परेको छ । तर ८ पटक म्यादथप भइसकेको र १४ बर्षसम्म अलपत्र पारेको उक्त पुलको त्रुटिपूर्ण डिजाइन गर्ने मुख्य पात्र डा. जैशीमाथि जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले सडक बिभागको महानिर्देशकमा ससम्मान बिराजमान गराइरहेका छन् ।
मन्त्री घिसिङले कमला नदी पुलको निरीक्षण गरेर फर्र्किएको एक महिना पुगिसकेको छ । त्रुटिपूर्ण डिजाइनकै कारण पुल भासिए पनि त्यो डिजाइन गर्नेलाई जेनजी सरकारले केही कारबाही गर्न सकेको छैन । आठ पटक म्यादथप गर्दा पनि १४ बर्षसम्म पुल निर्माण नगर्ने ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्स र पप्पु कन्ष्ट्रक्सनको ठेक्का रद्द गरी कालोसूचीमा राख्नुको साटो महानिर्देशक जैशी आफ्नो कर्तुत ढाकछोप गर्दै २०८३ असारसम्म पुल निर्माण सकिन्छ भनेर अलमल्याइरहेका छन् ।
परिमार्जित डिजाइनअनुसार सिरहातर्फका बाँकी स्ल्याब हटाउने, पायल क्याप तथा स्टीम ढलान गर्ने र बाँकी स्पानलाई बलियो बनाउने कार्य आगामी असारभित्र सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने दाबी गर्दै भौतिक पूर्वाधार मन्त्री घिसिङलाई समेत उनले अलमल्याउन सफल भएका छन् । जबकि सडक बिभागका अधिकारीहरु उक्त पुल २०८३ असारसम्म कुनै हालतमा पूरा हुनै नसक्ने बताउँछन् ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend