Nepal Face
  • बुधबार, १४ असोज २०८३
  • रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वानको तयारी छ: प्रधानमन्त्री


    बुधबार, असोज १४ २०८३
    120
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । उनका अनुसार मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ ।

    आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरुसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सो जानकारी दिएका हुन् । छलफलमा सहभागी रास्वपा सांसद डा। राम लामाले प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै भने, ‘मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्नेछ ।’

    रासायनिक मल कारखाना खोल्नेलगायत विद्युत् खपत बढाउने आयोजना र योजनामा सरकारले आवश्यक सहुलियत पनि दिने योजनाबारे पनि प्रधानमन्त्रीले जानकारी गराएका थिए ।

    वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो । त्यसका लागि नीतिगत, कानुनी र भन्सार सुधारका काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    विगतका सरकारहरुले बजेटमै मल कारखाना स्थापनाका लागि रकम समेत विनियोजन गरे पनि स्थापना हुन सकेको छैन । प्रधानमन्त्री बालेनले पनि मल कारखाना स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन् ।

    बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार