Nepal Face
  • बुधबार, १४ असोज २०८३
  • शेखरसहित केही नेता दुवै महाधिवेशनमा सहभागी नहुने


    बुधबार, असोज १४ २०८३
    120
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। यतिबेला नेपाली काँग्रेस पार्टीमा १५ औं महाधिवेशनले माहोल तातेको छ।

    गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १८ देखि २२ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ। साथै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्दैछन्।

    नेपाली कांग्रेसका नाममा दुई वटा महाधिवेशन हुन लागेको अवस्थामा नेता शेखर कोइरालानिकट नेताकार्यकर्ता के गर्दैछन् भन्ने चासो छ।

    कोइरालानिकट नेताकार्यकर्ताहरू भने संस्थापन र संस्थापनइतर पक्षले गरेका महाधिवेशनमा सहभागी हुँदैछन्, स्वविवेकका आधारमा।

    नेता कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि अभियान गर्ने बताइरहेका छन्।

    उनीनिकट नेता बलबहादुर केसी, बद्री पाण्डे, सञ्जय गौतमलगायत पनि पार्टी एकताका पक्षमा उभिएका छन्।

    कोइरालानिकट कतिपय नेताकार्यकर्ता संस्थापन पक्षले असोज ३ देखि सुरू गरेको वडा अधिवेशनमा सामेल भएका थिए।

    साथै देउवानिकटहरूले पुस १५ मा गर्ने वडा अधिवेशनमा पनि कोइरालानिकट कार्यकर्ताहरू सहभागी हुने देखिएको छ।

    नेता शेखर पार्टी मिलाउने भन्दै लामो समयदेखि मझधारमा उभिँदा उनीनिकट नेताकार्यकर्ता भने संस्थापन र संस्थापनइतर पक्षमा बाँडिएका छन् र आफूलाई पायक पर्ने गरी अधिवेशनहरूमा भाग लिइरहेको नेताहरू बताउँछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार