Nepal Face
  • मंगलबार, १३ असोज २०८३
  • स्वयम्भूबाट ४५ वटा प्राचीन बौद्ध मूर्ति चोरी १, खोजीनीति गर्न जाँदा पुरातत्व र गुठीका अधिकारीमाथि अबरोध


    मंगलबार, असोज १३ २०८३
    215
    Shares
    नेपाल फेस
  • १२ मिनेट पाठ
  • काठमाडौं । थाइल्याण्डका एक चर्चित भिक्षुमाथि बौद्ध धर्मावलम्बीहरुबाट बौद्ध मन्दिरमा प्रदान गरिएको ८९ मिलियन भाट (२६ लाखभन्दा बढी अमेरिकी डलर) हिनामिनाको आरोपमा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    त्यतिमात्र होइन, सीसीटीभी फुटेज चेक गर्ने क्रममा ब्रम्हचर्य पालना गर्नुपर्ने भिक्षुले मर्यादा र नैतिकतासमेत बिर्सिएर सर्वाङ्ग अवस्थामा एक ४७ बर्षीया युवतीसँग यौनलिला गरिरहेका गोप्य अश्लिल भिडियोहरुसमेत थाईल्याण्ड प्रहरीले बरामद गरेको छ । थाइल्यान्डको आयुथायास्थित प्रसिद्ध Wat Phutthaisawan का ६६ बर्षीय तत्कालीन प्रमुख भिक्षु  Phra Wachirayan Wi, जसलाई Luang Pho Atichot भनेर पनि चिनिन्छ, लाई प्रहरीले १० सेप्टेम्बर २०२६ मा पक्राउ गरेको हो ।

    थाईल्याण्डमा गेरुबस्त्रको आडमा बौद्ध भिक्षुले गरेको दान र चन्दाको रकमको दुरुपयोग र यौनलीलाले धार्मिक संस्थामा आउने दान र चन्दाको हिसाबकितावका अलावा गुरु र भिक्षुहरुको आचरणमा पनि गम्भीर प्रश्न उठाएको छ । र, पारदर्शी हुनुपर्ने बहस भइरहेको छ । यसैक्रममा भगवान बुद्धको जन्म भएको पवित्र भूमि नेपालको स्वयम्भूनाथको एक महाबिहारबाटै प्राचीन बुद्धका मूर्तिहरु चोरी भएको भन्दै खोजी गर्न माग गर्दै सरोकारवाला निकाय पुरातत्व बिभागदेखि बिभिन्न निकायमा उजुरी परेको छ ।

    कर्मराजा महाबिहारबाट मूर्ति हराएकोले खोजी गर्न माग गर्दै पुरातत्त्व बिभाग लगायतका निकायमा स्थानीयले दिएको उजुरी

    स्वयम्भूस्थित कर्मराजा महाविहारमा स्थापित प्राचीन बौद्ध मूर्तिहरु हराएको र ती मूर्तिहरु बिक्री गरिएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्दै बिभिन्न सरोकारवाला निकायमा उजुरी परेको छ ।

    कर्मराजा विहारका संचालक लगायतका लामा गुरु छोङ्बु लामा हन् । बौद्ध मूर्तिहरु आर्थिक लाभ गरी धर्म संस्कृतिकै बदनाम गरी बिक्री गरी आपराधिक लाभ लिएकाले महाबिहारका प्रमुख लामासहितमाथि कारबाही गर्न माग गर्दै सरोकारवाला निकायहरुमा उजुरी परेको छ ।

    कर्मराजा महाबिहारबाट ती मूर्तिहरु कहाँ छन्, कसले चोरी गरेको हो, छानबिन गरी कारबाही गर्न माग गर्दै पुरातत्व बिभाग, संस्कृृति, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी), पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गुठी संस्थानमा २२ भदौ, २०८३ मा उजुरी परेको छ । मूर्ति चोरी गरी बिक्री गर्नेमाथि हदैसम्म कारवाही गरी हराएका बौद्ध मूर्तिहरुको पत्ता लगाउन माग गरिएको छ ।

    कसरी हराए मूर्ति ?

    २०७२ साल बैशाख १२ गते गएको भूकम्पमा कर्मराजा महाविहार क्षति हुँदा उक्त विहारबाट त्यहाँ स्थापित वौद्ध मूर्तिहरु उद्धार गरी पुरातत्व बिभागले सिल गरी सुरक्षित राखेको भन्ने व्यहोराको माइन्यूट गरिएको तथ्य फेलापरेको छ । भूकम्पबाट क्षति भएको कर्मराजा महाबिहार २०७७ असोज १६ गते निर्माण गरी तयार भएको थियो ।

    कर्मराजा महाबिहार निर्माण सम्पन्न भएपछि पुरातत्व बिभागले सिल गरेका बौद्धका प्राचीन मूर्तिहरु राखिएनन् । नयाँ मूर्तिहरु ल्याएर राखिएको तथ्य ढिलोगरी खुलेको छ । महाबिहार भूकम्पले भत्काएपछि पुरातत्व बिभागले सिल गरी राखेका ४५ वटा प्राचीन बौद्ध मूर्तिहरु नयाँ बनेको बिहारमा नल्याई कहाँ हराए ? कसले बिक्री गर्यो ? ती मूर्ति बिक्री गर्नेमागि हदैसम्मको कारबाहीको माग गर्दै उजुरी परेपछि गुठी संस्थानले कमिटी नै बनाएर छानबिन सुरु गरेको छ ।

    गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले पुरातत्व बिभागले भूकम्प गएपछि सिल गरी राखेका कर्मराजा महाबिहारका ४५ थान प्राचीन र बहुमूल्य बौद्ध मूर्तिहरु नयाँ कक्ष तयार भएपछि किन स्थापित गरिएन, ती मूर्ति कहाँ गए भनेर कमिटी बनाएरै खोजीनीति थालेको बताए । उनले भने, कमिटीको प्रतिवेदनपछि पुरातत्व बिभाग र काठमाडौं महानगरपालिकासँग छलफल गरी मूर्ति कहाँ हराएका हुन्, चोरी कसरी भए, कसले चोरी गर्यो ? त्यसको छानबिन हुने कुँवरले बताए ।

    भूकम्पमा कर्मराजा महाबिहार भत्किएपछि पुरातत्व बिभागले विहारमा स्थानान्तरण गर्नका निम्ति कक्ष तयार नहुुँदासम्म पैतालिस थान बौद्ध मूर्तिहरु तस्वीरसहित सिल गरेको थियो । ती प्राचीन बौद्ध मूर्तिहरु तिब्बतबाट ल्याइएको भन्ने समेत भनाइ छ ।

    पुरातत्वले ती ऐतिहासिक प्राचीन मूर्तिहरु काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडा सदस्य निमा घ्याम्छो तामाङ, स्थानीय पूजारी स्वयम्भूरत्न बुद्धाचार्य, कर्मराजा महाविहारका महासचिव राजेन्द्रलाल मानन्धर, पुरातत्व विभागकी पुरातत्व अधिकृत अमृता महर्जन, कर्मराज महाविहार सदस्य लोप्साङ लामा, मन्दिरा महर्जन र सरिता गुरुङसहित ८ जना प्रतिनिधि राखी सिल गरिएको थियो । तर पुरातत्वले सिल गरेका ती मूर्तिहरु कर्मराज महाबिहार निर्माणपछि उक्त प्राचीन र ऐतिहासक बौद्ध मूर्तिहरु नयाँ बनेको कक्षमा राखिएनन् । पुरातत्व बिभागले सिल गरेकै ठाउँबाट मूर्ति हराएको कुराहरु आएका छन् ।

    ०७२ को भूकम्पपछि पुरातत्व बिभागले प्राचीन बौद्ध मूर्ति जनप्रतिनिधिको रोहबरमा माइन्यूट गरी सिल गरेको थियो

    पुरातत्व बिभागले सिल गरेको ठाउँबाट नयाँ निर्माण भएको महाबिहारमा नराखी ती मूर्ति हराएको वा बिक्री गरिएकाले छानबिन गरी कारबाही गर्न माग गर्दै काठमाडौं महानगरपालिका १५ वडाबासीहरुको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व बिभाग र गुठी संस्थानमा उजुरी परेको छ ।

    काठमाडौं १५ नम्बर वडाका रामकृष्ण मानन्धर, बालकृष्ण मानन्धर, राजु तामाङ, प्रकाश श्रेष्ठ र सुन्दर लामाले बौद्ध मूर्ति चोरी गरी बिक्री गर्नेमाथि कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

    कर्मराजा बिहारका ४५ थान प्राचीन बौद्ध मूर्तिहरु हराएको र ती मूर्ति चोरी गरी बिक्री हुनसक्ने भएकाले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै निवेदन परेको रहेछ, त्यो निवेदनमा के कारबाही भयो भन्ने जिज्ञासामा पुरातत्व बिभागका महानिर्देशक सुरेशसुरज श्रेष्ठले भने–‘विश्व सम्पदा शाखा प्रमुखलाई के कसो भएको हो हेरेर प्रतिवेदन दिनू भनेर गइसकेको छ । दुई तीन मात्र भयो, उहाँहरुले काम गरिरहनुभएको छ, प्रतिवेदन आएपछि मात्र त्यसका बारेमा भन्न सकिन्छ । उहाँहरु स्थलगत रुपमा हेर्न पनि जानुभएको होला ।’ स्थलगत रुपमा कर्मराजा महाबिहारमा जाँदा अवरोध गरिएकोबारेमा महानिर्देशक श्रेष्ठले भने–‘अवरोध भएको जानकारी मलाई छैन ।’

    कर्मराजा महाबिहारका प्रमुख लामाको निर्देशनमा स्थानीयलाई अवरोध

    भूकम्प गएपछि पुरातत्व बिभागले सुरक्षित राखेका ४५ थान बौद्ध मूर्तिहरु कहाँ हराए, कसले लग्यो, ती मूर्ति नयाँ बनेको बिहारमा किन स्थापित गरिएन ? कर्मराजा महाबिहार गुम्बाका प्रमुख लामा छोङ्बुले ती मूर्ति किन नयाँ निर्माण भएको गुम्बामा स्थापित गरेनन् ? ती प्राचीन मूर्तिहरु नयाँ बनेको बिहारमा राख्नुपर्ने जिम्मेवारी प्रमुख लामा छोङ्बुकै हुन जाने निवेदकहरुको जिकिर छ । ती मूर्ति हराएकोबारेमा स्थानीयहरुले स्थानीयले चासो राख्दा प्रमुख लामा छोङबु र उनकै निकट रहेकी मन्जिमा लामाले गैरजिम्मेवार जवाफ दिएपछि झन् बढी आशंका बढेको छ ।

    कर्मराजा महाबिहारका प्रमुख लामा छोङ्बु र उनकी सहयोगी मन्जिमा लामा

    लामा छोङबु र मन्जिमाले कर्मराजा महाबिहारमा प्राचीन बौद्धका मूर्तिहरुको बारेमा जानकारी लिन जाने स्थानीयमात्र होइन, पुरातत्व बिभाग र गुठी संस्थानका ब्यक्तिहरुलाई समेत असहयोग गर्ने, गैरजिम्मेवार जवाफ दिने गरेका छन् । प्रमुख लामा छोङ्बु र मन्जिमाले गुठी संस्थानका अधिकारीहरुलाई समेत छानबिनमा बाधा पुर्याइरहेका छन् । कर्मराजा महाबिहारका प्रमुख लामा र कथित माता आएको दाबी गर्ने मन्जिमा लामाले पुरातत्व बिभाग र गुठी संस्थानलाई छानबिन गर्न नदिने, गैरजिम्मेवार रुपमा प्रस्तुत हुने गरेपछि बौद्ध मूर्ति चोरी प्रकरणमा उनीहरुको संलग्नता रहेको आशंका थप बलियो बन्दै गएको छ ।

    गुठी संस्थानले मूर्ति हराएको बताइरहँदा पुरातत्व बिभागको विश्व सम्पदा शाखाका प्रमुख देवेन्द्र भट्टराईले पुरातत्व बिभागले सिल लगाएर राखेकै ठाउँमा ती मूर्तिहरु रहेको प्रतिक्रिया दिए । मूर्तिहरु हराएको उजुरीका बारेमा उनले भने–मूर्तिहरु जहाँ राखिएको त्यहीँ छन् ।

    कर्मराजा महाबिहारका प्रमुख लामा छोङ्बुसँग मूर्तिहरु हराएकोबारेमा भने–‘मूर्तिहरु हराएको छैन । गुम्बाको लामा हामी हो, हराएको छैन । सब फटाहा कुरा हो ।’
    प्रमुख लामा छोङ्बुसँग कुरा गर्दागर्दै मन्जिमा लामाले सहयोगी भएको परिचय दिंदै गुरुलाई नेपाली बोल्न नआउने भन्दै भनिन्–‘पुरातत्व बिभागले सिल लगाएर राखेको मूर्ति त्यहीँ छन् । आएर हेर्नु । झुटा उजुर दिएको र यस्ता कुराको जवाफ दिन आवश्यक नै छैन । मूर्ति हराएकै छैन ।’ लामाको नम्बर कहाँबाट पाउनुभयो भन्दै उनले त्यस्ता उजुरी हाम्रो सरोकारको बिषय नभएको जवाफ दिइन् ।

    कर्मबिहारको प्रमुख लामाको सहयोगीको रुपमा परिचय दिएकी मन्जिमा लामाले माता आएको भन्दै बौद्ध धर्मावलम्बी र हिन्दू धर्मवालम्बी दुबैको मनोकामना पूरा गरिदिने भन्दै पूजाका नाममा २० हजारदेखि २ लाख रुपैयाँसम्म लिने गरेको आरोप छ ।

    मन्जिमा विगतमा नागार्जुन नगरपालिकामा रहेको त्रियाना गुम्बाले खोलेको बज्र आर्य फाउन्डेसन नामक संस्थाको कोषाध्यक्षसमेत रहिसकेकी हुन् । त्यो संस्थाको नाममा बिदेशबाट आउने ठूलो फन्ड हिनामिना गरिएको बिषयमा प्रश्न उठ्ने गरेको छ । त्यता प्रश्न उठेपछि उनी कर्मबिहारमा लामाकोमा आई त्यहाँकी हर्ताकर्ता भएकी छन् । त्रियाना गुम्बाका नावाङ छोडक (रामशरण तिमल्सिना बाह्रबिसे सिन्धुपाल्चोक)को आश्रयमा ८ बर्षसम्म रहेकी उनी त्यता छाडेर कर्मबिहारमा आएको स्रोत बताउँछ ।

    कर्मबिहारमा आएपछि पनि लामा छोङ्बुलाई प्रभावमा पारेर त्यहाँ आएको चन्दा र सहयोग मन्जिामाकै बैंकखातामा राख्ने गरिएको दाबी स्रोतको छ । मकवानपुरको बकैया गाउँपालिका ११ स्थायी ठेगाना भएकी गरिब परिवारकी हुन् मन्जिमा । मन्जिमाको नागरिकताको बारेमा पनि छानबिन हुनुपर्ने स्थानीयहरुको माग छ । मन्जिमाले गुम्बामा आएको छोटो समयमै नागार्जुन नगरपालिका ५ नम्बर वडामा दिदी एन्जिला र भिनाजुको नाममा गार्मेन्ट उद्योगसमेत खोलेको स्रोतको दाबी छ ।

    बौद्ध मूर्ति हराएकोबारेमा वडाध्यक्ष बेखबर, दिए गैरजिम्मेवार अभिब्यक्ति

    कर्मराजा महाबिहारका प्राचीन मूर्तिहरु भूकम्पमा सिल गरिएको र पछि नयाँ कक्ष बनेपछि त्यहाँ नराखी ती मूर्ति हराएको वा चोरी भएकोबारेमा खोजीनीति गर्न, कारबाही गर्न पुरातत्व बिभागदेखि अख्तियार, सीआईबी, पर्यटन मन्त्रालयसम्म उजुरी परेकोबारेमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष इश्वरमान डंगोलसँग सोध्यौं । पुरातत्व बिभागले स्थानीयले दिएको निवेदन र मूर्ति हराएको हो वा होइन, छानबिन गर्नका लागि पत्र पठाएकोबारेमा वडाध्यक्ष मानन्धरले गैरजिम्मेवार जवाफ दिएका छन् । उनले पुरातत्वको पत्रको आधिकारिकतामाथि नै प्रश्न उठाएका छन् । उनले भने–‘पत्र आएको छ, तर त्यो पत्रका आधारमा अगाडि बढ्न सकिंदैन ।’

    कग्यु समुदायका १७ औं कर्मापा थाईदोर्जेको भारतको नयाँदिल्लीमा रहेको बुद्धिज इन्टरनेशनल टिचिङ इन्ष्टिच्यूटले स्वयम्भूको हारतीमाताका बुद्धाचार्य पूजारी परिवारको भूकम्पमा भत्किएको घर बनाउन ठूलो रकम सहयोग गरेको थियो । काठमाडौं महानगरपालिका वडा न १५ का वडाध्यक्ष इश्वरमान डंगोलको अध्यक्षतामा कमिटी बनाई घर निर्माणका लागि उक्त सहयोग कर्मापाले गरेका थिए । घर निर्माणमा अपुग भएको भनी कर्मापासँग पुनः सहयोग मागिएको थियो । वडाध्यक्ष मानन्धरको कर्मापासँग सम्बन्ध राम्रो भएकाले उनी दिल्लीसमेत पुगेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार