Nepal Face
  • बुधबार, १४ असोज २०८३
  • हिमलुङ हिमपहिरो: थप ३ जनाको शव फेला, मृतकको संख्या ७ पुग्यो 


    बुधबार, असोज १४ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ।

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ का सुरज राई र रुकुमको हुकामका कलम बुढाको शव आज बुधबार फेला परेको हो।

    उनीहरू तीनै जना हिमालय होडिडे नामक ट्राभलसँग आवद्ध रहेको मनाङ प्रशासनले जनाएको छ।

    यसअघि चार जनाको शव फेला परेको थियो। आज तीन जनाको शव भेटिएसँगै अहिलेसम्म ७ जनाको शव फेला परेको र अझै ९ जना बेपत्ता रहेको उनको भनाइ छ।

    बेपत्ताहुनेहरूमा हिमालयन होलिडेजका ७ र इम्याजिन नेपालका २ जना छन् ।

    बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार