काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिव तथा सहयोगीहरूको भूमिका व्यक्तिगत सहयोगमा मात्र सीमित नराखी संसदीय तथा राजनीतिक काममा सक्रिय सहकर्मीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।
रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको सचिवालयले असोज ११ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरेको ‘स्वकीय सचिव अभिमुखीकरण तथा समन्वय कार्यक्रम’ मा स्वकीय सचिवहरूको भूमिका, जिम्मेवारी, अध्ययन–अनुसन्धान, सूचना व्यवस्थापन, गोपनीयता, नागरिक सम्पर्क तथा अभिलेखीकरणबारे साझा कार्यदिशा तय गरिएको हो ।
कार्यक्रममा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले स्वकीय सचिवले सांसदको दैनिक कार्यसम्पादनलाई सहज बनाउनेमात्र नभई संसदमा प्रभावकारी प्रस्तुति, विषयगत अध्ययन, समन्वय र तथ्य व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
सचेतक क्रान्तिशिखा धितालले स्वकीय सचिवलाई केवल ‘Personal Assistant’ भन्दा व्यापक अर्थमा ‘Political/Parliamentary Assistant’ का रूपमा बुझ्नुपर्नेमा जोड दिएकी थिइन् । सांसदले संसदमा प्रस्तुत गर्ने विषयवस्तुको गुणस्तर र तयारीमा स्वकीय सचिवको अध्ययनशीलता प्रतिविम्बित हुने उनको भनाइ थियो ।
कार्यक्रमले सांसदका लागि विधेयक, संसदीय कार्यसूची, समितिका एजेन्डा तथा सार्वजनिक सरोकारका विषयमा अध्ययन गरी आवश्यक तथ्य र सन्दर्भसहित संक्षिप्त नोट तयार गर्नुपर्ने जिम्मेवारीसमेत औंल्याएको छ। साथै सांसदले विगतमा उठाएका विषय, माग गरेका योजना, प्राप्त बजेट तथा बाँकी पहलहरूको व्यवस्थित अभिलेख राख्नुपर्नेमा जोड दिइएको छ ।
त्यसैगरी सचेतक प्रकाशचन्द्र परियारले निर्वाचन क्षेत्रका समस्या, नागरिकका गुनासा तथा सुझावको व्यवस्थित अभिलेख राख्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समाधानको प्रगति अनुगमन गर्ने कार्यलाई जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको नियमित अनुगमन, तथ्यगत र संयमित सूचना सम्प्रेषण तथा सार्वजनिक कार्यक्रममा सांसदको सहभागिताका लागि आवश्यक पूर्वतयारी गर्नुपर्नेमा समेत जोड दिइएको थियो । गोपनीयता, आर्थिक पारदर्शिता, सुशासन, अनुशासन र राजनीतिक मर्यादालाई स्वकीय सचिवको कार्यशैलीको आधार बनाउनुपर्ने बताइएको छ ।
रास्वपाले स्वकीय सचिवहरूको कामलाई व्यवस्थित बनाउन डिजिटल अभिलेखीकरणमा समेत जोड दिएको छ । सांसदका भाषण, प्रश्न, प्रस्ताव, पत्राचार, बजेट माग, योजना तथा सार्वजनिक प्रतिबद्धताको डिजिटल अभिलेख राख्ने र नियमित कार्यतालिका तथा फलोअप प्रणाली विकास गर्ने कार्यदिशा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
स्वकीय सचिवको भूमिकालाई अध्ययन, अनुसन्धान, समन्वय, गोपनीयता, सञ्चार, नागरिक सम्पर्क र अभिलेखीकरणसँग जोड्दै सांसदको संसदीय कामलाई तथ्यमा आधारित, समयबद्ध, व्यवस्थित र नागरिकमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।
काठमाडौं । सङ्घीय संसद् सचिवालयले भोलि सोमबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । पोखरेलले जबराको...
काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका– ३ मा पहिरोले घर पुरिँदा ३९ वर्षीया...
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । महाराजगन्जस्थित घरबाटै उनलाई पक्राउ...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । महासभामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend