काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ ।
मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका र सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका संजीवकुमार कर्णलाई महानिर्देशकको जिम्मेवारी दिएको हो । कर्णले योसमेत तेस्रो पटक बिभागको महानिर्देशक हुने मौका पाएका छन् ।
यसअघि २ पटक बिभागबाट सरुवा हुँदा पनि महिनौंसम्म रमाना नलिई अटेर गरी बसेका उनै कर्णलाई बिभाग छाडेको केही महिनामै पुनः बिभागको डीजीमै फर्काइएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वलाई खुसी बनाएर कर्णले उक्त पद हातपारेका हुन् ।
कर्ण आउनुअघि मन्त्रालयले सोमकान्त रिजाललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । उनी चार महिनामै उपमहानिर्देशकमै झरेका छन््् । बिभागमा कर्मचारीहरुको अभावका कारण काम नगरेको गुनासो बढिरहेका बेला कर्ण महानिर्देशक बन्न आइपुगेका हुन् ।
अनुमति शाखाका नवराज दाहाल, आयात निर्यात शाखाका संजीव भण्डारीलाई महानिर्देशक कर्णले आउनेबित्तिकै बिभागका अन्य शाखामा खटाउने तयारी गरेका छन् । महिनौंसम्म काम हुन नसकेकाले सेवाग्राही असन्तुष्ट बनेको आवाज उठिरहेको बेला महत्वपूर्ण शाखाका प्रमुखहरु हटाउने योजनामा कर्ण लागिपरेका हुन् । बिभागको कार्यक्षेत्र ठूलो भए पनि खासै उपलब्धिमूलक भूमिका निर्वाह गर्न नसकेको आरोप पटक पटक लाग्दैआएको छ ।
गुणस्तरहीन खानेकुरा बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको गुनासो बढिरहे पनि सीमित जनशक्तिका कारण पर्याप्त खाद्य बस्तुको अनुगमन गर्न नसकेको बिभागलाई कृषिबाट स्वास्थ्य मन्त्रालयमा लगिएपछि झन् छायाँमा परेको छ । नेतृत्व परिवर्तन गरेर मात्र बिभागले खाद्य प्रबिधि बिभागलाई सशक्त बनाउन नसक्ने, बिषय विज्ञ कर्मचारी दरबन्दी बृद्धि गर्नुपर्ने माग पटक पटक हुँदैआएको छ । कर्णले पत्र पाएलगत्तै बिहीबारै पदबहाली गरिसकेका छन् ।
मोबाइल भ्यान प्रयोगशाला खरिदमा २४ करोडभन्दा बढी भ्रष्टाचारमा मुछिएका खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बिशेष अदालतबाट मुद्दा जिते पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेकोक छ ।
सर्वोच्चमा भ्रष्टाचार मुद्दा खेपिरहेका तिनै कर्णलाई स्वास्थ्य मन्त्रालयले सोही विभागको नेतृत्वमा पठाएर सुशासनको धज्जी उडाएको छ । कर्णले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएका चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको अख्तियारले आरोप लगाएको थियो । मोबाइल भ्यानहरू कार्यालयमा दाखिला नगरी भुक्तानी गरिएको र त्यसक्रममा भ्रष्टाचार भएको अख्तियारले दाबी रहेको थियो । तर कर्णले विशेष अदालतमा सेटिङ गरी मुद्दा जिते ।
संचालन नै नहुने गुणस्तरहीन प्रयोगशाला खरिद गरेका कर्णलाई तेस्रो पटक खाद्य प्रबिधिकै नेतृत्वमा पठाउनु सुशासनकै उपहासका रुपमा लिइएको छ । काजसरुवा हुनासाथ कर्णले गुणस्तरहीन तिनै प्रयोगशाला भ्यानलाई डेन्टपेन्ट गरेर ‘आफूले खरिद गरेका भ्यान अख्तियारले भनेजस्तो गुणस्तरहीन नभएको’ देखाउन खोजेका छन् । प्रधानमन्त्री कृषि आयोजना अन्तर्गत उक्त भ्यान खरिद गरिएका थिए ।
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (मा...
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend