काठमाडौं । एक अर्ब ३४ करोडभन्दा बढी अबैध हुन्डी कारोबार गरेको भेटिएपछि अजयकुमार मुखियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
धनुषा, शहिद नगर नगरपालिका वडा नं ४ का २४ बर्षीय मुखियालाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सूक्ष्म अनुसन्धान गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी मुखियाले हालसम्म रु. १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १ सय ४४ बराबरको अवैध हुण्डी कारोबार गरेको पुष्टि हुन आएको जनाइएको छ ।
पक्राउ परेका मुखियामाथि हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा थप अनुसन्धान कार्य जारी रहेको छ । साथै यस अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य तीब्रताका साथ भइरहेको सीआईबीले जनाएको छ ।
काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१७ स्थित अलौबाट भदौ ३० गते सशस्त्र प्रहरीले करीव ९ किलो ५ सय ग्राम चरेशसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको...
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा महिनौँदेखि राखिएको टेन्ट प्रहरीले हटाएको छ । दिउँसो बिरोध प्रदर्शनमात्र होइन, पछिल्ला दिनमा राति पनि टेन्ट राखेर बस्ने गरेकाले प्रहरीले...
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend