काठमाडौं। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका क्रममा तीन जनाको शव फेला परेको हो।
गोताखोरसहितको टोली उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला पारेको सेनाले जानकारी दिएको छ।
फेला परेका तीन शवमध्ये दुई वटा उद्धार गरी बाहिर निकालिएको छ भने एक शव बाहिर निकाल्ने कार्य जारी रहेको खोज तथा उद्धार टोलीले जनाएको छ।
संयुक्त खोज तथा उद्धार टोलीले हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा पुर्याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोडेर करिब १ हजार ५० मिटर बाटो निर्माण गर्दै सुरुङसम्म पुगेर निरन्तर भग्नावशेष हटाउने काम गरेको थियो।
भग्नावशेष हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको फेला परेको थियो। उक्त प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह सुरुङको माथिल्लो भागसम्म पुगेकाले एक्स्काभेटर प्रयोग गर्न नसकिने अवस्था बनेको थियो। सुरुङभित्र थप खोजी कार्यसमेत जारी छ।
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
तनहुँ ।जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका वडा नं १ का भूमिहिन सुकुम्बासी तथा भूमिहिन दलित १० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौँ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ...
काठमाडौँ। सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलब सहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ। सुरक्षित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend