जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ ।
नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुलाहा खोलामा आएको बाढीले खोला बजारका अस्थायी टहरा तथा स्थानीयका पसल बगाएको हो । खोला बढेको आवाज सुनेपछि स्थानीय भागेर ज्यान जोगाउन सफल भएका थिए ।
नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरका अनुसार पूर्वसतर्कताका कारण मानवीय क्षति नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको छ। उनका अनुसार बैरीताल बजारमा मात्रै ११ स्थानीयका घर तथा पसल बाढीले बगाएको छ ।
यस्तै, नलगाड–२ का वडाध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार वर्षासँगै आएको पहिरोले खर्कमा रहेका हजारी खत्रीका एक हल गोरु पुरिएका छन् ।
नलगाड–३ का वडाध्यक्ष पूर्णबहादुर विष्टले खहरे बाढीका कारण कैनास्थित स्वास्थ्य चौकीमा समेत क्षति पुगेको जानकारी दिए। खहरे खोलाबाट आएको भलबाढी स्वास्थ्य संस्थाभित्र पसेपछि संरचनामा क्षति पुगेको उनले बताए ।
बाढीले सडकका विभिन्न भाग कटान गरेपछि भेरी करिडोरअन्तर्गत यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। खहरे खोलामा आएको बाढीले सडक नै च्यातिएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था बनेको हो ।
भेरी करिडोरले जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासी समस्यामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले नलगाड नगरपालिकामा बाढी तथा पहिरोबाट ११ घर तथा पसल बगेको प्रारम्भिक जानकारी आएको बताए ।
उनका अनुसार प्रहरी टोली बिहानै घटनास्थलमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ। बाढीले सडकसमेत क्षति पुर्याएकाले भेरी करिडोरमा यातायात पूर्ण रूपमा ठप्प भएको उनले जानकारी दिए ।
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend