काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलपछि नेकपाका नेता माधवकुमार नेपालले मुख्य गरी बैठकमा दुई वटा विषय केन्द्रीत छलफल भएको बताए ।
एउटा सर्वदलीय राजनीतिक संयन्त्र बनाएर त्यसलाई निरन्तरता दिने । अर्को संसदभित्र विशेष समिति गठन गर्न सभामुखलाई आग्रह गर्ने र एक हप्ताभित्र त्यो गठन होस र त्यसले अहिलेको विपतका सवालमा छलफल र काम गरोस् भन्ने दुई बिषयमा छलफल भएको उनले बताए।
रास्वपा सांसद जगदीश खरेलले बाढीपछि रास्वपा सभापति रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको बताए । उनले बैठकले जनमोर्चालाई समेत संयन्त्रमा समावेश गर्ने निर्णय भएको बताए ।
काठमाडौँ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ...
काठमाडौँ। सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलब सहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ। सुरक्षित...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
काठमाडौं । सिंहदरबारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा...
काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । आयोगले सम्बन्धित स्थानीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend