Nepal Face
  • बुधबार, ३१ भाद्र २०८३
  • ९ किलो ५ सय ग्राम चरेशसहित भारतीय नागरिक पक्राउ


    बुधबार, भाद्र ३१ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१७ स्थित अलौबाट भदौ ३० गते सशस्त्र प्रहरीले करीव ९ किलो ५ सय ग्राम चरेशसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

    भारत घर बताउने अन्दाजी २० बर्षीय संदिप चौधरीलाई उक्त चरेशसहित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

    उनले मोटरसाइकलको तेल ट्याङ्ककीभित्र फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको २१ वटा पोकामा रहेको उल्लेखित परिमाणको चरेश बरामद गरिएको हो ।

    नियन्त्रणमा लिइएका उनलाई बरामद चरेश तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार