Nepal Face
  • बुधबार, ३१ भाद्र २०८३
  • माइतीघरमा टेन्ट लगाएर बसेकालाई रातारात प्रहरीले हटायो ?


    बुधबार, भाद्र ३१ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा महिनौँदेखि राखिएको टेन्ट प्रहरीले हटाएको छ ।

    दिउँसो बिरोध प्रदर्शनमात्र होइन, पछिल्ला दिनमा राति पनि टेन्ट राखेर बस्ने गरेकाले प्रहरीले हटाउनुपरेको जनाएको छ ।

    रातिको समयमा टेन्ट टाँगेर बस्दा सुरक्षामा चुनौती थपिनुका साथै स्वास्थ्यमा समेत समस्या आउन सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले बताएको छ ।

    माइतीघरमा रातभर टेन्ट राखेर बस्ने व्यवस्था हटाइए पनि दिउँसो हुने विरोध कार्यक्रम तथा प्रदर्शनमा भने कुनै रोक लगाइएको छैन । प्रदर्शनका लागि आउने व्यक्ति तथा समूहले दिउँसो कार्यक्रम सञ्चालन गर्नसक्ने प्रहरीले जनाएको छ ।

    माइतीघर परिसरमा धर्ना बसेकाहरु आत्मदाहको प्रयास गर्न थालेपछि हटाइएको हो । हिजो प्रहरीले माइतीघर परिसरमा राति नबस्न माइकिङ गरेको थियो ।
    माइतीघर मण्डला पछिल्लो समय विभिन्न माग राख्दै विरोध तथा प्रदर्शन गर्ने प्रमुख स्थलका रूपमा प्रयोग हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार