Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • सशस्त्र प्रहरी प्रधान कार्यालयमा गृहमन्त्री सुधन गुरुङद्वारा विपद् व्यवस्थापन सामग्रीको निरीक्षण


    आइतबार, भाद्र २८ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् ।

    विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गृहमन्त्रीले संगठनसँग उपलब्ध उद्धार सामग्री एवं आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।

    निरीक्षणका क्रममा माननीय गृहमन्त्रीले विपद्को समयमा नागरिकको जिउधनको रक्षा गर्न संगठनले खेल्दै आएको भूमिका, विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी, स्रोतसाधनको वैज्ञानिक उपलब्धता, उद्धार क्षमताको अभिवृद्धि एवं जनशक्तिको प्रभावकारी परिचालनका विषयमा विस्तृत जानकारी लिएका थिए ।

    सोही अवसरमा उनले उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न संगठनका उच्च अधिकारीहरूलाई निर्देशनसमेत दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार