काठमाडौं । सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् । सुधनको राजीनामासँगै गृहमन्त्रीमा रास्वपा सभापति रवि लामिछानेको कोटाबाट मनिषकुमार झा, दीपक बोहरा, कविन्द्र बुर्लाकोटीको चर्चा भइरहेको छ ।
ओखलढुंगाका सांसद तथा नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलदेखि महानगर प्रहरीका पूर्व एसपी राजुनाथ पाण्डेले पनि गृहमन्त्री हुने चर्चा मिडियामा चलाइरहेका छन् । तर प्रधानमन्त्री वालेन्द्र शाहले भने आफ्ना महानगरको मेयर हुँदादेखिका मुख्य सल्लाहकार रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साललाई नयाँ गृहमन्त्री बनाउने चर्चा भइरहेको छ ।
प्रधानमन्त्री शाहले सभापति लामिछानेनिकट बुर्लाकोटी, झादेखि बोहरासम्म कसैलाई पनि गृहमन्त्री बनाउने पक्षमा नभएको बताइन्छ । उनी गृहमन्त्रीमा आफ्ना विश्वासपात्र लम्साललाई बनाउने र भौतिक पूर्वाधार मन्त्रीमा सुशान्त बैदिकलाई जिम्मेवारी दिने पक्षमा रहेको स्रोत बताउँछ ।
रास्वपामा रविको कोरटिमका रुपमा ग्यालेक्सी गुट, मनिष झा र डा. स्वर्णिम वाग्लेहरुको कांग्रेस आयातित गुट र चुनावको मुखमा आएको वालेन्द्र शाह गुटमध्ये सरकारमा तेस्रो गुट बलियो देखिएको छ । ग्यालेक्सी गुटका दीपक बोहराहरु रुष्ट छन् भन्ने कुरा त प्रमोद न्यौपानेहरुले सामाजिक संजालमा पोखेको असन्तुष्टिले पनि पुष्टि गरिरहेको छ ।
सुनिल लम्साललाई गृहमन्त्री बनाए कमलकिशोर मालपानीको कनेक्सनले उनी पनि सुधन गुरुङजस्तै ब्यवसायी दीपक भट्टसँग जोडिने जोखिम देखिन्छ । प्रतिनिधिसभाको चुनावमा मालपानीसँग भन्सारछली गरी आयात गरिएको ७ करोड मूल्यको डिफेन्डर वालेन्द्र शाहको प्रचारका लागि सुनिल लम्सालले नै मागेर लगेका थिए ।
विवादित व्यवसायी कमलकिशोर मालपानीले ७–८ वर्ष पुरानो टोयोटा ल्याण्डक्रुजर लैजान आग्रह गर्दा समेत बालेन्द्र शाह ‘बालेन’का निकट लम्सालले नयाँ ल्याण्डरोभर डिफेन्डर नै मागेर लगेका थिए । मालपानीका छोरा नितेश मालपानी सुनिल लम्सालका मिल्ने साथी भएकाले उनले वालेनका लागि उक्त गाडी दिएका थिए । जुन गाडीको बिषयमा पत्रकार इश्वर अर्यालले रहस्य खोलिदिएपछि ठूलो विवादमात्र भएन । उक्त गाडी भन्सारछली गरी ल्याएको समेत भेटियो ।
मालपानीको उक्त डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता रहेको भेटिएको थियो । यातायात व्यवस्था विभागको अभिलेखअनुसार कम्पनीका सञ्चालक नितेश मालपानी हुन्, उनी कमलकिशोर मालपानीका छोरा हुन् ।
सुरुमा कमलकिशोर मालपानीलाई सिधै फोन गरेर गाडी मागिएको थियो । उनले यसबारे छोरा नितेशसँग कुरा गर्न आग्रह गरे । नितेशले नयाँ र महँगो गाडी चुनावी प्रचारमा प्रयोग गर्दा जोखिम उच्च हुने भन्दै पुरानो ल्याण्डक्रुजर लैजान सुझाव दिएका थिए । चुनावी र्याली, पहाडी मार्ग र भीडभाडका बीच क्षति भए त्यसको आर्थिक भार ठूलो हुने तर्क उनले गरेका थिए । तर सुनिल लम्सालले ‘जबर्जस्ती वालेनजस्तो मान्छे पुरानो गाडी चढ्छ ?’ भन्दै नितेशसँग डिफेन्डर लगेका थिए ।
डिफेन्डर २०२५ मोडेलको, २९९६ सीसी इन्जिन क्षमताको डिजेल हाइब्रिड सवारी हो । यो गाडी काइरोस इन्टरनेसनलमार्फत् नेपाल भित्रइएको हो । काइरोस इन्टरनेसनल ज्यागुअर ल्यान्डरोभरको आधिकारिक बिक्रेता होइन । तेस्रो बजारमार्फत् आयात गरिएको सवारी सम्बन्धी कागजात र प्रक्रियामाथि प्रश्नहरू उठे । तर डिफेन्डरको आधिकारिक बिक्रेता सम्बन्धी पेश गरिएका कागजात किर्ते भएको समाचार नै प्रकाशित भए ।
सुधन गुरुङलाई ब्यवसायी दीपक भट्टका लघुवीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सको २५–२५ लाखको सेयर दिएका कारण उनको पद चट् भयो । ऋण लिएर किनेको भनी रातारात कपाली तमसुक बनाएर झन् फसेपछि अन्ततः उनी राजीनामा दिएर बाहिरिए । डिफेन्डर गाडी प्रकरणले भौतिक पूर्वाधार मन्त्री लम्सालको कनेक्सन विवादित ब्यापारी मालपानीसँग जोडिएको छ ।
मालपानीका गुट्खा उत्पादन गर्ने श्रीराम टोबाको कम्पनी र करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रालिमा भट्टको १० प्रतिशत सेयर रहेको छ । कमलकिशोर मालपानीले वाईवाईको ट्रेडमार्क चोरी गरी करेन्ट उत्पादन गरेको र विनोद चौधरीको संभावित आक्रमणबाट बच्न राजनीतिक संरक्षणका लागि दीपक भट्टको शरणमा परी उनलाई निःशुल्क १०–१० प्रतिशत दुबै कम्पनीका सेयर दिएका थिए ।
प्रशासन मिलाउन जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यरातमा अर्थमन्त्रालयमा गएर करका दर हेरफेर गर्ने रघुनाथ घिमिरेलाई पनि मालपानीले यशोदा र श्रीराम दुबैमा सेयर दिएका छन् । दीपक भट्टका ब्यवसायिक साझेदार मालपानीसँग कनेक्सन भएका सुनिल लम्साल गृहमन्त्री भएमा उनी पनि विवादमा आउने त होइनन् भन्ने आशंका गर्न थालिएको छ । मालपानीमार्फत् भट्टले लम्साललाई पनि कुनै न कुनै हिसाबले प्रभावित पारिसकेका त छैनन् ? यी कुरा पनि समयक्रममा खुल्ने नै छन् ।
श्रीराम टोबाको उद्योग प्रालिमार्फत् उत्पादित सूर्तीजन्य पदार्थमा अन्तःशुल्क स्टीकर नलगाई बजारमा पठाएको आरोपमा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो । कमलकिशोर मालपानीको नागरिकता प्रकरण पनि विवादास्पद छ । भारतीय नागरिकका छोरा मालपानीले वंशजका आधारमा नागरिकता लिएको प्रक्रिया र प्रतिलिपि निकाल्ने क्रममा नियम उल्लंघन भएको आरोप लाग्दै आएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend