काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने र उल्टै थर्काउनेलगायतका प्रमाण फेलापरेका छन् ।
उनका व्यापारिक गतिविधिबारे समाचार प्रकाशित भएपछि पत्नीले सम्पूर्ण व्यापारिक कामहरु गर्ने भन्दै खण्डन त गरेका छन । तर, हरेक व्यापारिक फर्ममा नाम पत्नीको, तर सबै काम आफूले नै गर्ने गरेको कुरालाई पुष्टि गर्ने कागजात फेलापरेका छन् । यसमध्येको एउटा बलियो प्रमाण हो, गत भदौ १ गते स्मार्ट इन्फ्राको काठमाडौं, पेप्सीकोलास्थित कर्पोरेट अफिसको उदघाटन ।
बागमती प्रदेशका तत्कालीन उद्योग, पर्यटन र यातायात मन्त्री सुरेश श्रेष्ठले उदघाटन गर्ने कार्यक्रम थियो । एसपी शेरजंगले आफ्नै नियमित मोबाइल नम्बर ९८५१०…..०५ मा आफ्नो अर्को व्यवसायका एक साझेदारलाई निमन्त्रणा कार्ड पठाएका छन । त्यसमा लेखेका छन्, ‘नमस्कार सर, त्यहाँबाट एकजना पठाइदिनुपर्ला ।’ यसले प्रष्ट पार्दछ कि, उनी व्यापारिक गतिविधिमा आफू नै प्रत्यक्ष सक्रिय छन् ।
प्राप्त भएको अर्कोे प्रमाणअनुसार हेटौँडा बस्ने बिटुमिन (अलकत्रा) व्यापारीसँगको कुराकानी छ । उनले एसपी चन्दको ब्ल्याकबुल बिटुमिन कम्पनीबाट पाउनुपर्ने भुक्तानीको ११ लाख ५० हजारको एउटा चेक पाए । तर, चन्दले आफैँले सही गर्ने उक्त चेकमा हस्ताक्षर बिगारिदिए ।
त्यसपछि पीडित व्यापारीले हस्ताक्षर नमिलेको भनी ह्वाट्सयपमा म्यासेज लेखे । चन्दले उक्त चेक विश्वासका लागि दिएको र लोन पास भएपछि मात्रै पैसा दिन सकिने जवाफ दिएका छन् । चन्दले ती व्यापारीलाई उल्टै लोन पास गर्नका लागि सहयोग गर्न, नत्र भुक्तानीका लागि अर्को ६ महिना रोक्नुपर्ने म्यासेज लेखेका छन् । तर, व्यापारीले ‘सिग्नेचरचाहिँ करेक्टवाला मिलाइदिनुहोला… ’ लेखेका छन् ।
उक्त म्यासेज लेख्ने क्रममा एसपी चन्दले पैसा दिनुको सट्टा अदालत, पुलिसजस्ता केसमा फसाइदिनेसम्मका कुरा गरेका छन् ।
यसबाहेक उनले व्यवसायिक कारोबारका सिलसिलामा आफ्नै नियमित नम्बर प्रयोग गर्ने गरेका छन् । पत्नीका नाममा कम्पनी दर्ता गरेर आर्थिक कारोबारमा आफ्नै हस्ताक्षर चल्ने र सबै गतिविधिमा प्रत्यक्ष रुपमै सहभागी भएको देखिन्छ । ती कुराकानीका स्क्रिनसट सुरक्षित छन् ।
राष्ट्रिय अनुसन्धान बिभागका एसपी शेरजंगबहादुर चन्दसँग पत्नीका नाममा कम्पनी दर्ता गरेर आर्थिक कारोबारमा आफ्नै हस्ताक्षर चल्ने र सबै गतिविधिमा प्रत्यक्ष रुपमै सहभागी भएको देखिन्छ नि भन्ने प्रश्नमा उनले भने–‘मेरो नामबाट कुनै पनि ब्यवसाय भएको छैन । म कतै सहभागी छैन ।’
तपाईको मोवाइल नम्बरसहित आएका म्यासेजका स्क्रीनसर्टहरु सबै नक्कली(फेक) हुन् त भन्ने प्रश्नमा चन्दले भने–‘त्यो मलाई थाहा भएन, मेरो हस्ताक्षर कहीँ पनि चल्दैन, छैन । स्क्रीन सर्टका बारेमा तपाई हेटौंडा प्रत्यक्ष रुपमा सोध्नुस् न ।’

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend