काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई हटाउने भएको छ । स्रोतका अनुसार विभागका प्रमुख थापाको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उनलाई हटाउन लागेको हो ।
थापालाई हटाएर टेकेन्द्र कार्कीलाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनाउन लागिएको छ ।
प्रधानमन्त्री केपी ओलीले गएको भदौ १० गते राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग र नेपाल ट्रस्टको कार्यशैलीबारे चरम असन्तुष्टि पोखेका थिए । त्यो असन्तुष्टि पोखेलगत्तै उनले राजस्व अनुसन्धान विभागकोा महानिर्देशकमा आफ्नै जिल्ला झापा घर भएका चण्डीप्रसाद घिमिरेलाई लगेका छन् । जसको जागिर अवधि ७ महिना पनि पूरा छैन । अवकाशको मुखमा उनलाई राजस्वको महानिर्देशकमा लगेर उनलाई कस्तो प्रतिफल खोजेका हुन् भन्ने प्रश्न पनि उठिरहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा पनि सुमन दाहाललाई लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागका सबै १४ वटा अधिकार झिकेकाले उक्त विभागको औचित्य नभएकोले दाहाल जान इच्छुक थिएनन् । विभागलाई प्रधानमन्त्री कार्यालयको महाशाखाको रुपमा राख्न सुझाव दिएपछि महानिर्देशक भट्टराईलाई सरुवा गरिएको थियो ।
राजस्व र सम्पत्तिका डीजी फेरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख थापालाई पनि हटाउन लागेका हुन् । थापालाई २०७९ भदौ २७ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको थियो । ३ बर्ष कार्यकाल रहेका थापाको अब १ बर्ष बाँकी छ ।
प्रधानमन्त्री ओली राष्ट्रिय अनुसन्धान विभागमात्र होइन, नेपाल प्रहरीका प्रमुखको कार्यशैलीबाट पनि सन्तुष्ट नभएको बताइन्छ ।
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend