काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले खाना पकाउने एलपीजी ग्याँस अभाव नभएको स्टाटस सामाजिक संजालमा लेख्छन् भने अर्कोतिर सोही पार्टीको भरतपुर महानगरको मेयरको उम्मेदवारका रुपमा चिनाउँदै हिंडेका राजेन्द्र अर्याल ग्याँस नभएर भात खान नपाएको बिलौना गरिरहेका छन् ।
कांग्रेसको आडमा लिनुसम्म लाभ लिएर आर्थिक समुन्नतिको शिखरमा पुगेका अर्याल रास्वपाबाट आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार दाबी गर्दैआएका छन् । उनले आजको मेरो छुट्टै बेदना भन्दै सामाजिक संजालमा ग्याँस नपाएर खाना खान नपाएको बिलौना गरेका छन् । उनले ग्याँस सकियो, बिद्युतीय चुल्हो(इन्डक्सन) मा पकाउन बत्ती बिहानदेखि नभएकोले खाना खान पाउँ, काम गर्न जान पाउँ भन्दै सरकारसँग बिलौना गरेका छन् ।
अर्याल लेख्छन्–‘मेरो वाइफले बिहानको खाना बनाउँदै थिइन्, ग्यास सकियो, भातमा सिठ्ठी लागेन बत्ती बिहान ७.१५ देखि छैन । अब के गर्ने १०.२३ भैसक्यो । लौ जय होस् मेरो देश !!!! मेरो सरकार काम गर्न जान बिहानको खाना खान पाउँ !’
२०४८ सालमा चिरन्जीवी वाग्ले संचार मन्त्री हुँदा टेलिफोनका लाइन मारवाडी ब्यापारीलाई लाख लाखमा बिक्री गरी नवधनाढ्य हुने मार्गमा लागेका र बिज्ञापन ब्यवसाय गरेका राजेन्द्र अर्याल पछिल्ला दिनमा रास्वपाका समर्थक बनेका हुन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend