काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । साथै उनीहरुको साथबाट स्रोत नखुलेको थप ७१ हजार १ सय १५ रुपैयाँसमेत अख्तियारको टोलीले बरामद गरेको छ । घुस लिएको र स्रोत नखुलेको रकमसमेत ८ लाख २१ हजार १ सय १५ रुपैयाँ अख्तियारले बरामद गरेको छ ।
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंटौ तुलाकान्त चौधरीलाई घुससहित अख्तियारको बर्दिबासबाट खटिएको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
मिलेमतोमा बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न पश्चात सोवापतको रकम भुक्तानी गर्ने क्रममा दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले ढकाल र चौधरीलाई सेवाग्राहीबाट रू. ७ लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम एवं श्रोत नखुलेको ७१ हजार १ सय १५ रुपैयाँसहित पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
ढकाल र चौधरीको साथबाट मोबाइल ३ थानस वागमती नगरपालिका वडा नं. १२ स्थित भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय प्रमुखको क्वाटरबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend