काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा अपराध र तस्करी नियन्त्रणमा कडाइ गर्दै लामो समय एकै कार्यालयमा कार्यरत जनशक्तिको सरुवा गरेको छ । कोशी र मधेश प्रदेशदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रमा लामो समय कार्यरत सशस्त्र प्रहरीहरुको सरुवा गरिएको छ ।
सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले सशस्त्र प्रहरी संगठनमा परिपत्र गर्दै सीमा अपराध र तस्करी नियन्त्रणमा संलग्न भए जुनसुकै दर्जाको भए पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।
तस्करीमा संलग्नमाथि पनि सशस्त्र प्रहरीले गम्भीर रुपमा छानबिन गरेको छ । सशस्त्र प्रहरी नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत कार्यालयहरुमा कार्यरत तीन जनामाथि छानबिन सुरु भएको जनाएको छ । बिभिन्न बाहिनी मुख्यालयहरू मातहत सीमा सुरक्षा गुल्मका गुल्मपति तथा बिओपीका कमाण्डहरुको कार्यसम्पादन कमजोर देखिएपछि ९ जनालाई फिर्ता बोलाइएको छ ।
अनुशासनविपरीत कार्य गर्ने ६७ जना कर्मचारीहरुलाई समेत कारवाही गरिएको हो । सशस्त्र मुख्यालयले सीमामा राजश्व चुहावट, अवैध क्रियाकलाप, चोरीतस्करी नियन्त्रण कार्यलाई सुदृढ गर्न तथा आर्थिक सुशासन कायम गर्ने हेतुले एउटै जिल्लामा लामो समय कार्यरत रहेका १ हजार ८ सय ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई अन्तर जिल्ला सरुवा गरेको हो ।
सशस्त्रमा सुशासनका लागि आईजीपी पौडेलले कदम चालिसकेको भए पनि नेपाल प्रहरीभित्र भने सादा पोशाकमा परिचालित घुमुवाले सीमा क्षेत्रमा तस्करीको लाइन मिलाएर लाभ लिन छाडेका छैनन् ।
प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासनमा आफ्नो मानिस छ भन्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बरिष्ठ हवल्दार मुनिलाल गुप्ताले तुजुक देखाउने गरेको आरोप छ । गुप्ताले आफ्नो पदीय मर्यादा बिर्सेर आफ्नो कार्यालय प्रमुखलाई समेत झुटो कुरा गरी अबैध असुली गर्दैआएको आरोप छ ।
उनले ब्यापारीलाई इलाका प्रहरी कार्यालयका हाकिमको नाममा रकम माग्ने गरेका छन् । हाकिमको आदेश छ भन्दै प्रहरी कार्यालय आउन अन्यथा जे पनि हुनसक्छ भन्दै तर्साउने गरेको गुनासो ब्यापारीहरुको छ ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गर्न कडाइका साथ रोक लगाइएको छ । तर रौतहटमा गुप्ताहरु घुमुवाका रुपमा सादा पोशाकमा परिचालित हुने गरेका छन् । रौतहटका एसपी सिताराम रिजालले ध्रुव यादवलाई सुटुक्क घुमुवा राखेकोमा समाचार आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले तानेको थियो । गुप्ताका बारेमा प्रहरीको उजुरी छानबिनमा थुप्रै उजुरी पुगे पनि बाराबाट रौतहट, सर्लाही फेरि रौतहट सरुवा हुने गरेको छ । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा आफन्त भएकाले गुप्ताले बारा, रौतहट र सर्लाहीमै घुमुवाका रुपमा दरबन्दी मिलाउने गरेका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend