Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्दीको चपेटामा परेको घरजग्गा कारोबारमा पूँजीगत लाभकर बृद्धि


    शनिबार, जेष्ठ १६ २०८३
    480
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमार्फत् पूँजीगत लाभकर बृद्धि गरेपछि मन्दीको चपेटामा परेको घरजग्गा ब्यवसायमा असर पर्ने भएको छ ।

    शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  संसदमा प्रस्तुत गरेको बजेटमा पूँजीगत लाभकर सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गर्दा घरजग्गा र सेयरमा पूँजीगत लाभकर बृद्धि गरिएको छ ।

    संसदमा प्रस्तुत आर्थिक विधेयकअनुसार निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच बर्ष वा सोभन्दा बढी भएको छ भने पाँच प्रतिशत र पाँच बर्षभन्दा कम भएकामा सात दशमलव पाँच प्रतिशत लाभकर लाग्ने व्यवस्थालाई पनि आर्थिक विधेयकमार्फत् संशोधन गरिएको छ । अब आफूले किनेको पाँच वर्षभन्दा बढी भइसकेको घरजग्गामा सात दशमलव पाँच प्रतिशत र पाँच वर्षभन्दा कम अवधिको घरजग्गामा १० प्रतिशत पूँजीगत लाभकर लाग्नेछ ।

    सरकारले विनियोजन विधेयकमार्फत विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिस्ट्रेसनका लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गरिएको जनाएको छ ।

    त्यसैगरी, शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर बृद्धि भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित १ वर्षभन्दा बढी समय राखेर शेयर बेच्दा सात दशमलव पाँच प्रतिशत र एक वर्षभन्दा कम अवधिभित्र शेयर बेच्दा १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था ल्याएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार