काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनयता लगातार कर्मचारीको सरुवा गरिरहेको छ । तर आफूले गरेको निर्णयमा मन्त्रालय स्वयं अडिग रहेको देखिंदैन । केही समयपहिले डा. चुमनलाल दासलाई मन्त्रालायबाट नारायणी अस्पताल फिर्ता गरेको समाचार आयो । तर एक साता नबित्दै पुनः निर्णय परिवर्तन गरेर उनलाई सार्क क्षयरोग केन्द्रमा पठाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले काजमा बर्षौदेखि रजगज गर्ने स्वास्थ्यका हाकिमहरुको एक साताअघि फेरबदल गरिन् । तर एकसाताअघि सरुवा गरिएका दासलाई फेरि सार्क क्षयरोग केन्द्रमा ल्याएकी छन् । यसले सरुवा गर्दा पर्याप्त गृहकार्य नगरेको देखिएको छ ।
दास मन्त्रालय आएको पनि धेरै भएको थिएन । यो भन्दा पहिलाको जेन्जी सरकारकी स्वास्थ्य मन्त्री डा. सुधा शर्माले उनलाई मन्त्रालयमा ल्याएर जिम्मेवारी दिएकी थिइन् ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा. प्रकाश शाहको सरुवा भएको छ । नेपाल सरकारको सहसचिवलाई नेपाल सरकारले जहाँ पनि जिम्मेवारी दिन सक्दछ । तर राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा प्रमुख जनस्वास्थ्य प्रशासकको दरबन्दी हो तर त्यहाँ चिकित्सकलाई पठाइएको छ । जनस्वास्थ्य प्रशासक हुँदाहुँदै चिकित्सकलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. केशर ढकाल कमजोर नेतृत्व क्षमताका मानिस मानिन्छन् । उनले बिभागभित्रका आफ्ना कर्मचारीहरुको पनि बिश्वास जित्न सकेका छैनन् । उपसचिव मोहन कोइराला र उनको आन्तरिक कार्य द्वन्द्व भएको देखिन्छ । कुनै बेला डा. गुणराज लोहनीले महानिर्देशक हुँदा ६ जना पीए राखेका थिए । हालका महानिर्देशक ढकालले तीनजनालाई भूमिका दिएका छन् ।
बालबिनोद पोखरेल सदाबहार सचिवालय हेर्ने प्रशासनका कर्मचारी हुन् । शाखा अधिकृत नरबहादुर चन्द तथा बिद्या जैशी पनि महानिर्देशकको सचिवालयमा कार्यरत छन् । उनीहरुले पनि महानिर्देशकलाई उचित सल्लाह र परामर्श दिन सकेका छैनन् ।
संघीय निजामती सेवा ऐनको मस्यौदा छलफलमा आइसकेको छ । मन्त्रालयले सल्लाह पनि मागेको छ ७ दिनको समय राखेर । स्वास्थ्य सेवा निजामती सेवामा राखिएको छैन । निजामती सेवा ऐनको बारेमा ब्यापक छलफल भइरहँदा स्वास्थ्य सेवा ऐन संशोधनको बिषयमा मन्त्रालय कानमा तेल हालेर बसेको छ । अरु पनि धेरै नीति तथा ऐनहरु बनाउनु छ । केही आद्यावधिक गर्नुपर्ने छ ।
प्रत्यायन प्राधिकरण ऐन, औषधि ऐन लगायत धेरै ऐनको मस्यैदा गर्नुपर्नेछ । मन्त्रालयको हार्डवेयर र सफ्टवेयर दुबै तहमा गहन सुधार गर्न आवश्यक छ । तर मन्त्रालय सामान्य टालटुले सुधारमा रमाएको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटासमेत स्वास्थ्य सेवा ऐन लगायत निजी अस्पताल ऐन बनाउनेबारेमा पूरै बेवास्ता गरिरहेका छन् । नेपालमा २०४६ सालको परिवर्तनपछि निजी अस्पतालहरु खुल्ने क्रम सुरु भएको हो । पचासको दशकमा मणिपाल मेडिकल कलेजदेखि लुम्बिनी मेडिकल कलेज हुँदै नेपालमा निजी क्षेत्रबाट अस्पतालहरु खुल्ने क्रम सुरु भएको हो । तर प्राइभेट अस्पताल स्थापना भएको ३० बर्षसम्म पनि ऐन, नियम बनाएर ब्यवस्थित नगरी निर्देशिकाकै भरमा बर्षौदेखि संचालन भइरहेका छन् ।
प्राइभेट अस्पतालहरुको अनुमतिदेखि, नवीकरण र स्तरोन्नतिसम्बन्धी ऐन नै छैनन् । निर्देशिकाका आधारमा प्राइभेट अस्पताल संचालन भइरहेका छन् । मुद्दा परेको खण्डमा निर्देशिकालाई अदालतले मान्दैन । तर ऐन बनाउन अहिलेसम्म पनि कसैले चासो देखाएको छैन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend