काठमाडौं । मिटरब्याजको कारोबार गर्ने र लिएको रकम नतिर्ने भनेर चिनिएका प्रचण्ड खड्का जुवा खेलाउँदा खेलाउँदै शुक्रबार पक्राउ परेका छन् ।
खड्कासहित ७ जनालाई चुच्चेपाटीस्थित बरण्डा रेष्टुरेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बरन्डा रेष्टुरेन्ट प्रचण्ड खड्काकै हो । उनले आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउने गरेको सूचनापछि प्रहरी बृत्त गौशालाले छापा मारेको थियो ।
छापा मार्दा जुवा खेलाउँदै गरेका खड्कासहित खेल्ने ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् । जुवा अखाडाबाट प्रहरीले ८५ हजार रकमसमेत बरामद गरेको थियो । जुवा खेलाउने खड्का र खेल्नेहरु सबै ४ दिनमै मंगलबार छुटेका छन् ।
जुवामा पक्राउ परेकाहरु पहुँच र प्रभाव नहुनेलाई सामान्यतया २४ दिनसम्म थुनामै राखिने गरिएको छ । तर मिटरब्याजी खड्का भने ४ दिनमै मंगलबार छुटेका छन् । उनीहरुको म्यादथप हुने भनिए पनि सेटिङमा छुटेका छन् ।
मिटरब्याजमा पैसाको कारोबार गर्ने खड्काबिरुद्ध दिपेश चालिसेले उजुरी दिएपछि पक्राउ परी हाजिर जमानीमा छुटेका खड्काले दिएको जाहेरीकै आधारमा प्रहरीले बैशाख ३ गते निरे भन्ने निराजन पौडेललाई काठमाडौंबाट पक्राउ गरेको थियो । एमालेको युवासंघका पौडेललाई गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको दाबी प्रहरीले गरेको छ । तर उनलाई प्रचण्ड खड्काको मिटरब्याजको कारोबारमा पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ ।
मिटरब्याजमा पैसा लेनदेन भएका पौडेललाई खड्काले प्रहरीसँग मिलेर गुण्डागर्दीमा पक्राउ गराएको आरोप छ । खड्काले नुवाकोटको ईंटा उद्योग र बिभिन्न होटल, रेष्टुरेन्ट देखाएर ब्याजमा लिएर नतिर्ने गरेको आरोप छ । खड्काले ईटा उद्योगदेखि आफ्नो ब्यवसायमा लगानीकर्ता बनाउने भनेरसमेत दिपेश चालिसेबाट रकम लिएका छन् । र, चालिसेलाई उनले नुवाकोटको ईटा उद्योगमा समेत लगानी गर्न लगाएका छन् ।
पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका निराजन पौडेल मिलन चक्रे समूहमा रहेका खड्काले आईसीएफसी फाइनान्सबाट मिटरब्याजमा लेनदेन गर्ने गरेकोे आरोप छ । दिपेश चालिसे र प्रचण्ड खड्काबीच मिटरब्याजमा कारोबार भएको र खड्काले नतिरेपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा चेक बाउन्समा जाहेरी दिएका थिए ।
चालिसेलाई पनि सुरेशचन्द्र बख्रेलले चेक बाउन्समा जाहेरी दिएपछि उनी ‘फरार’ भएका थिए । तर उच्च प्रहरी अधिकृतको संरक्षण भएकाले दिपेश चालिसे काठमाडौंमै भए पनि पक्राउ पर्न नसकेको स्रोत बताउँछ । चालिसेले पनि ठूलो रकम मिटरब्याजमा लिएकाले उनका बिरुद्ध थुप्रै चेक बाउन्समा प्रहरीमा जाहेरी दर्ता छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend