काठमाडौं । मिटरब्याजको कारोबार गर्ने र लिएको रकम नतिर्ने भनेर चिनिएका प्रचण्ड खड्का जुवा खेलाउँदा खेलाउँदै शुक्रबार पक्राउ परेका छन् ।
खड्कासहित ७ जनालाई चुच्चेपाटीस्थित बरण्डा रेष्टुरेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बरन्डा रेष्टुरेन्ट प्रचण्ड खड्काकै हो । उनले आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउने गरेको सूचनापछि प्रहरी बृत्त गौशालाले छापा मारेको थियो ।
छापा मार्दा जुवा खेलाउँदै गरेका खड्कासहित खेल्ने ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् । जुवा अखाडाबाट प्रहरीले ८५ हजार रकमसमेत बरामद गरेको थियो । जुवा खेलाउने खड्का र खेल्नेहरु सबै ४ दिनमै मंगलबार छुटेका छन् ।
जुवामा पक्राउ परेकाहरु पहुँच र प्रभाव नहुनेलाई सामान्यतया २४ दिनसम्म थुनामै राखिने गरिएको छ । तर मिटरब्याजी खड्का भने ४ दिनमै मंगलबार छुटेका छन् । उनीहरुको म्यादथप हुने भनिए पनि सेटिङमा छुटेका छन् ।
मिटरब्याजमा पैसाको कारोबार गर्ने खड्काबिरुद्ध दिपेश चालिसेले उजुरी दिएपछि पक्राउ परी हाजिर जमानीमा छुटेका खड्काले दिएको जाहेरीकै आधारमा प्रहरीले बैशाख ३ गते निरे भन्ने निराजन पौडेललाई काठमाडौंबाट पक्राउ गरेको थियो । एमालेको युवासंघका पौडेललाई गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको दाबी प्रहरीले गरेको छ । तर उनलाई प्रचण्ड खड्काको मिटरब्याजको कारोबारमा पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ ।
मिटरब्याजमा पैसा लेनदेन भएका पौडेललाई खड्काले प्रहरीसँग मिलेर गुण्डागर्दीमा पक्राउ गराएको आरोप छ । खड्काले नुवाकोटको ईंटा उद्योग र बिभिन्न होटल, रेष्टुरेन्ट देखाएर ब्याजमा लिएर नतिर्ने गरेको आरोप छ । खड्काले ईटा उद्योगदेखि आफ्नो ब्यवसायमा लगानीकर्ता बनाउने भनेरसमेत दिपेश चालिसेबाट रकम लिएका छन् । र, चालिसेलाई उनले नुवाकोटको ईटा उद्योगमा समेत लगानी गर्न लगाएका छन् ।
पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका निराजन पौडेल मिलन चक्रे समूहमा रहेका खड्काले आईसीएफसी फाइनान्सबाट मिटरब्याजमा लेनदेन गर्ने गरेकोे आरोप छ । दिपेश चालिसे र प्रचण्ड खड्काबीच मिटरब्याजमा कारोबार भएको र खड्काले नतिरेपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा चेक बाउन्समा जाहेरी दिएका थिए ।
चालिसेलाई पनि सुरेशचन्द्र बख्रेलले चेक बाउन्समा जाहेरी दिएपछि उनी ‘फरार’ भएका थिए । तर उच्च प्रहरी अधिकृतको संरक्षण भएकाले दिपेश चालिसे काठमाडौंमै भए पनि पक्राउ पर्न नसकेको स्रोत बताउँछ । चालिसेले पनि ठूलो रकम मिटरब्याजमा लिएकाले उनका बिरुद्ध थुप्रै चेक बाउन्समा प्रहरीमा जाहेरी दर्ता छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend