काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप) देखि बिभिन्न तस्करीमा संलग्न दिपेश चालिसेले बिभिन्न ब्यक्तिहरुलाई ब्यवसायका नाममा प्रलोभनमा पारी ठगी गरेको खुलेको छ । ब्यवसायकोे प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरी उनी फरार भएका छन् ।
कुस्त लाभ हुने प्रलोभनमा पारी १५ करोड रुपैयाँ भन्दा बढी ठगी गरी फरार भएपछि दिपेश चालिसेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भएको तीन महिना नाघिसक्दा पनि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छैन ।
जयनारायण घिमिरेसमेतको जाहेरीले ठगीसम्बन्धी कसुरमा दिपेश चालिसे, प्रचण्ड खड्का लगायतविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २०८२ फागुन १४ गते पक्राउ पूर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो । प्रहरीले खड्कालाई पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर, खड्कालाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडिसकेको छ ।
मिटरब्याजको कारोबार गर्ने र लिएको रकम नतिर्ने भनेर चिनिएका प्रचण्ड खड्का जुवा खेलाउँदा खेलाउँद गएको बैशाख ४ गते पक्राउ परेका थिए । खड्का आफैं संचालक रहेको चुच्चेपाटीस्थित बरण्डा रेष्टुरेन्टबाट पक्राउ परेका थिए । मिटरब्याज र चेक अनादरका केस हुँदाहुँदै खड्का सेटिङमा छुटेका थिए । खड्का पक्राउ परेर छुटिसकेका छन् भने चालिसेलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
कराडौं ठगी गर्नेलाई पक्राउ पुर्जी जारी भएको तीन महिना वितिसक्दा पनि प्रहरील पक्राउ गर्न नसकेकोबारेमा प्रहरीले खोजी भइरहेको रेडिमेड जवाफ दिने गरेको छ । चालिसे र खड्काले पीडित घिमीरेलाई विभिन्न प्रलोभनमा पारी उनको मोरङ जिल्लामा रहेको १० कठ्ठा जग्गा र काठमाडौंको बुढानिलकण्ठस्थित चपलीमा ९ आनामा बनेको साढे २ तले घर १६ करोड ५० लाख रुपैयाँ मूल्य कवोल गरेर लिएका थिए ।
सो को सट्टामा घिमिरेलाई अर्को घर र बाँकी पैसा नै दिने भने पनि ५ करोड रुपैयाँमात्र दिएको पीडित घिमिरेनिकटले दिएका छन् । बाँकी रहेको ११ करोड ५० लाख रुपैयाँ भने चालिसे नदिई उल्टै प्रहरीको धाक देखाउने गरेको आरोप लागेको छ ।
११ करोड ५० लाख रुपैयाँ ठगीको कसुरमा चालिसे र खड्काविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । ठगीकाण्डका मुख्य नाइके चालिसे अझै फरार छन् । चालिसेले धेरै व्यक्तिहरुको पैसा डुबाइदिएका छन् ।
चालिसेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानविन गरिरहेको छ । उनले अवैध बाटोबाट रकम विदेश पुर्याएको र उनलाई सघाउने प्रहरी, कर्मचारी, व्यापारी लगायतसँगको ‘कनेक्सन’ समेत विभागको अनुसन्धानका क्रममा खुलेको स्रोत बताउँछ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend