काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप) देखि बिभिन्न तस्करीमा संलग्न दिपेश चालिसेले बिभिन्न ब्यक्तिहरुलाई ब्यवसायका नाममा प्रलोभनमा पारी ठगी गरेको खुलेको छ । ब्यवसायकोे प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरी उनी फरार भएका छन् ।
कुस्त लाभ हुने प्रलोभनमा पारी १५ करोड रुपैयाँ भन्दा बढी ठगी गरी फरार भएपछि दिपेश चालिसेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भएको तीन महिना नाघिसक्दा पनि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छैन ।
जयनारायण घिमिरेसमेतको जाहेरीले ठगीसम्बन्धी कसुरमा दिपेश चालिसे, प्रचण्ड खड्का लगायतविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २०८२ फागुन १४ गते पक्राउ पूर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो । प्रहरीले खड्कालाई पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर, खड्कालाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडिसकेको छ ।
मिटरब्याजको कारोबार गर्ने र लिएको रकम नतिर्ने भनेर चिनिएका प्रचण्ड खड्का जुवा खेलाउँदा खेलाउँद गएको बैशाख ४ गते पक्राउ परेका थिए । खड्का आफैं संचालक रहेको चुच्चेपाटीस्थित बरण्डा रेष्टुरेन्टबाट पक्राउ परेका थिए । मिटरब्याज र चेक अनादरका केस हुँदाहुँदै खड्का सेटिङमा छुटेका थिए । खड्का पक्राउ परेर छुटिसकेका छन् भने चालिसेलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
कराडौं ठगी गर्नेलाई पक्राउ पुर्जी जारी भएको तीन महिना वितिसक्दा पनि प्रहरील पक्राउ गर्न नसकेकोबारेमा प्रहरीले खोजी भइरहेको रेडिमेड जवाफ दिने गरेको छ । चालिसे र खड्काले पीडित घिमीरेलाई विभिन्न प्रलोभनमा पारी उनको मोरङ जिल्लामा रहेको १० कठ्ठा जग्गा र काठमाडौंको बुढानिलकण्ठस्थित चपलीमा ९ आनामा बनेको साढे २ तले घर १६ करोड ५० लाख रुपैयाँ मूल्य कवोल गरेर लिएका थिए ।
सो को सट्टामा घिमिरेलाई अर्को घर र बाँकी पैसा नै दिने भने पनि ५ करोड रुपैयाँमात्र दिएको पीडित घिमिरेनिकटले दिएका छन् । बाँकी रहेको ११ करोड ५० लाख रुपैयाँ भने चालिसे नदिई उल्टै प्रहरीको धाक देखाउने गरेको आरोप लागेको छ ।
११ करोड ५० लाख रुपैयाँ ठगीको कसुरमा चालिसे र खड्काविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । ठगीकाण्डका मुख्य नाइके चालिसे अझै फरार छन् । चालिसेले धेरै व्यक्तिहरुको पैसा डुबाइदिएका छन् ।
चालिसेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानविन गरिरहेको छ । उनले अवैध बाटोबाट रकम विदेश पुर्याएको र उनलाई सघाउने प्रहरी, कर्मचारी, व्यापारी लगायतसँगको ‘कनेक्सन’ समेत विभागको अनुसन्धानका क्रममा खुलेको स्रोत बताउँछ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend