काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को ठूला भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । ५ बर्ष काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त भएर अकूत कमाएका भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा अधिकारको दुरुपयोग गरी १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार तिवारीको २०४४ सालदेखि २०७८ सालसम्मको सेवावधिमा वैधानिक आम्दानी १४ करोड ५५ लाख ९१ हजार रुपैयाँमात्रै देखिएको छ । तर सोही अवधिमा उनको खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार रुपैयाँ पुगेको पाइएको छ। यसरी हेर्दा आम्दानीभन्दा १० करोड ५४ लाख रुपैयाँ बढी खर्च भएको निष्कर्ष आयोगले निकालेको छ ।
अनुसन्धानका क्रममा तिवारीले आर्जन गरेको गैरकानुनी सम्पत्ति आफ्नी श्रीमती मीनादेवी तिवारी र छोरी मीराको नाममा समेत राखेको भेटिएपछि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ । आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगोबराबर जरिवाना, कैद तथा थप सजायको माग गरेको छ । साथै, झुट्टा सम्पत्ति विवरण पेश गरेको अभियोगमा पनि कारबाही माग गरिएको छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend