काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भरतपुर महानगरपालिकाका आठौं तहका बरिष्ठ इन्जीनीयर भरतकुमार आचार्यका बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०४८ माघ ६ गतेदेखि सरकारी सेवामा कार्यरत रहेका आचार्यको सम्पत्तिमध्ये ६ करोड ७८ लाख ९१ हजार १५ रूपैया ९४ पैसाको स्रोत पुष्टि गर्न नसकेकाले उनीबिरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । आयोगले आचार्यबिरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।
आचार्यको पारिश्रमिक र तलब, दैनिक भ्रमण भत्ता, स्थानीय भत्ता, बैठक भत्ता लगायत अन्य भत्ता बापत बचत रकम, जग्गा बिक्रीबाट प्राप्त आय, उनकी
श्रीमती र एकाघर परिवारका सदस्यहरूले जाँच अबधिमा बैधानिक रूपमा कूल ३ करोड ५१ लाख ८ हजार २ सय १० रूपैयाँ अठार पैसा आय आर्जन गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आायेगले सोही अबधिमा आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको व्ययतर्फका शीर्षकहरूमा कूल रू १० करोड २९ लाख ९९ हजार २ सय छब्बीस रूपैयाँ १२ पैसा देखिएको उल्लेख गरिएको छ । कूल खर्च तथा लगानी समेत घटाउँदा ६ करोड ७८ लाख ९१ हजार १५ रूपैया ९४ पैसाको स्रोत पुष्टि भएको नदेखिएकाले सोही बमोजिम बिगो कायम गरी आयोगले आचार्य र उनकी श्रीमतीबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यस्तो छ अख्तियारको आरोपपत्र
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend