काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भरतपुर महानगरपालिकाका आठौं तहका बरिष्ठ इन्जीनीयर भरतकुमार आचार्यका बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०४८ माघ ६ गतेदेखि सरकारी सेवामा कार्यरत रहेका आचार्यको सम्पत्तिमध्ये ६ करोड ७८ लाख ९१ हजार १५ रूपैया ९४ पैसाको स्रोत पुष्टि गर्न नसकेकाले उनीबिरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । आयोगले आचार्यबिरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।
आचार्यको पारिश्रमिक र तलब, दैनिक भ्रमण भत्ता, स्थानीय भत्ता, बैठक भत्ता लगायत अन्य भत्ता बापत बचत रकम, जग्गा बिक्रीबाट प्राप्त आय, उनकी
श्रीमती र एकाघर परिवारका सदस्यहरूले जाँच अबधिमा बैधानिक रूपमा कूल ३ करोड ५१ लाख ८ हजार २ सय १० रूपैयाँ अठार पैसा आय आर्जन गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आायेगले सोही अबधिमा आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको व्ययतर्फका शीर्षकहरूमा कूल रू १० करोड २९ लाख ९९ हजार २ सय छब्बीस रूपैयाँ १२ पैसा देखिएको उल्लेख गरिएको छ । कूल खर्च तथा लगानी समेत घटाउँदा ६ करोड ७८ लाख ९१ हजार १५ रूपैया ९४ पैसाको स्रोत पुष्टि भएको नदेखिएकाले सोही बमोजिम बिगो कायम गरी आयोगले आचार्य र उनकी श्रीमतीबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यस्तो छ अख्तियारको आरोपपत्र
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend