काठमाडौं । पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक बस्ने नेपाली कम्युनिष्ट पार्टीले सातजना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ ।
आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारकको भूमिकामा रहेका व्यक्तिलाई पार्टी विधानको दफा १०६ अनुसार अनुशासनात्मक कारबाही गर्दै निस्कासन गरिएको पार्टीले जनाएको छ ।
पार्टीबाट निस्कासनमा पर्नेहरूमा सिन्धुलीका हरिबोल गजुरेल, महेश्वर दाहाल, दाङ क्षेत्र नं. ४ का कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन् ।
हरिबोल गजुरेल तत्कालीन माओवादी केन्द्रका बरिष्ठ नेता र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार थिए । सिन्धुली क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार लेखनाथ दाहाल‘राजन’बिरुद्ध बागी उम्मेदवारी दिएका महेश्वर दाहाललाई समर्थन गरेबापत गजुरेल निस्कासित भएका हुन् ।
दाङ क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार मेटमणि चौधरीका बिरुद्ध उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामलाप्ई पनि पार्टीबाट निस्कासित गरिएको छ ।
पार्टी सह–संयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णयविपरीत गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
को को भए निस्कासित ?

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend