Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा एक महिनापछि स्वीकृत भयो


    बिहिबार, पुष १९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले गजुरेलको राजीनामा स्वीकृत भएको जानकारी दिए । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।

    प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहीबार ‍‍जानकारी गराएको हो । ‘प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको छ’, आचार्यको भनाइ छ ।

    यसअघि आचार्यले आफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । उनले लामो समय राजीनामा होल्ड गर्दा सरकार र स्वयं प्रधानमन्त्रीलाई नै असर पुग्ने बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार